2026-09-19 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदुर नगरपालिकाले करको दर घटायो

साउन १७, नुवाकोट | विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ । 

बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो । सम्पत्तिको मूल्यांकन बढेकाले करको दरमा वृद्धि हुन आएकाले दरलाई समायोजन गरी स्थानीय राजपत्रमा प्रकाशित गरिएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभयो । 

विसं २०७१ मा तत्कालीन नगरपरिषद्ले पारित गरेको एकीकृत सम्पत्ति करको दरलाई अहिले कार्यान्वयन गर्ने तयारी गरेपछि कर फिर्ताको माग गर्दै विरोध भएको थियो । नगरक्षेत्रको सम्पत्तिको मूल्यांकन वृद्धि भएकाले पुरानो करको दरलाई संशोधन गरी घटाएको पण्डितले बताउनुभयो । 

सम्पत्तिको मूल्यांकन घटाउँदा नागरिकले पाउने सुविधामा प्रभाव पर्ने भन्दै सम्पत्तिको मूल्यांकन पहिलेकै कायम गरी तिर्नुपर्ने करको दरमा परिवर्तन गरिएको विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताउनुभयो । यसअघि रु २०० देखि रु ५० हजारसम्म एकीकृत सम्पत्ति कर नगरपालिकालाई बुझाउनु पर्ने दर राखिएको थियो । परिवर्तित दरअनुसार अब रु २०० देखि रु १५ हजारसम्म मात्र कायम गरिएको छ । सबैभन्दा कम रु एक लाख देखि रु पाँच लाखसम्म सम्पत्तिको मूल्यांकन भएका नागरिकले वार्षिक रु २०० कर तिर्नुपर्छ भने सबैभन्दा बढी रु चार करोडदेखि रु पाँच करोडसम्म सम्पत्तिको मूल्यांकन भएकाले रु १५ हजार कर तिर्नुपर्ने छ । 

यस्तै रु पाँच करोडभन्दा माथि सम्पत्ति मूल्यांकन भएकाको हकमा प्रतिहजारमा ५० पैसा कर कायम गरिएको रिमालले बताउनुभयो । एकीकृत सम्पत्ति करमाफर्त सबै नगरवासीलाई करको दायरामा समेट्न पहिलेको दरलाई समायोजन गरिएको हो । चालू आवदेखि लागू हुने करमा एकीकृत सम्पत्ति करसहित, ढुंगा, गिट्टी बालुवा, माटोलगायत कर पनि समेटिएको छ । विदुर नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐनमा होटेल, घर निर्माण, नक्सापासलगायत विविध कर समेटिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई