2026-09-19 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घट्टेखोलाको राजमार्ग पुल मर्मत शुरु

साउन २१, रसुवा | वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ । 

रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर्मत कार्य शुरु गरिएको हो । 

ठाडो खोलामा पानीको बहाव ठूलो भएको र मेशिनसमेत लान नसकिने भएकाले मानिसद्वारा मर्मत कार्य अगाडि बढाइएको हो । उक्त पुल भदौको पहिलो हप्तासम्म मर्मत सम्पन्न गरी सवारीसाधन आवातजावत गराइने लक्ष्य लिई अगाडि बढाएको प्रमुख शाक्यले जानकारी दिनुभयो । 

जगमा असर परेका कारण उक्त पुलबाट अहिले सवारीसाधन आवातजावतमा रोक लगाइएको र व्यापारी व्यवसायीले थोर बहुत सामान बोकेर ओहरदोहोर गर्ने गरेको बताइएको छ । 

यही साउन ११ गतेको वर्षाले क्षति पु¥याएपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो । 

घट्टेखोलाको पुल क्षति भएका कारण दैनिक असुली हुने करीब रु १४ करोड भन्सार राजश्व घाटा भइरहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई