2026-11-02 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा दोगडाकेदारको बाटो मर्मतपछि सहजता

साउन २४, बैतडी | दोगडाकेदार गाउँपालिका– ६ का बासिन्दालाई वर्षातको समयमा भिरबाट ढंङ्गा खस्ने र साघुँरो बाटोमा चिप्लिएर लड्ने डर रहन्थ्यो । पन्ज्युनयाँ खोलाको किनार भएर हिँड्ने बालबालिका, वृद्धवृद्धा तथा अन्यलाई हिँड्डुल गर्न निकै सकसपूर्ण हुन्थ्यो । 

गाउँमा कसैको मृत्यु भएमा दाहसंस्कार गर्न लैजाँदा नदीमा खस्ने डर हुन्थ्यो । अहिले सो क्षेत्रमा गाउँपालिकाले बाटो मर्मत गरेर फराकिलो पारेपछि सहज भएको छ । हिउँदमा खच्चरमा सामान बोक्ने गरेकामा वर्षातमा बाटोको समस्याले खच्चरमा सामान ढुवानी गर्न सकिँदैनथ्यो । 

अहिले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मानमती कार्कीले भन्नुभयो । दोगडाकेदार–६ मा करीब एक हजार ३०० मिटर बाटो मर्मत भएको छ । यो रिम र सित्तडलाई जोड्ने मुख्य बाटो हो । गाउँपालिकाको रु २० लाख सहयोगमा पन्ज्युनयाँ–खौला बाटो मर्मत गरिएको हो । 

“वर्षातमा भारी बोकेर आउन निकै समस्या थियो, अहिले त्यो समस्या हटेको छ,” दोगडाकेदार–१ रिमका प्रेमराम भुलले भन्नुभयो । पहिला वर्षाका बेला हिँड्डुल गर्न नसकिने अवस्था थियो । दैनिक उपभोग्य समान किन्न बजार जानुपर्ने हुन्छ । बाटो अप्ठेरो हँुदा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । सरोकारवालाले ध्यान नदिँदा स्थानीय बासिन्दाले गुनासो गर्दैआएका थिए । 

स्थानीय बासिन्दाको मुख्य आवश्यकताका आधारमा बजेट विनियोजन गरेर बाटो मर्मत गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । आवश्यकताका आधारमा योजना छनोट गर्ने गरिएको उहाँको भनाइ छ । विगतमा आवश्यकताभन्दा पनि व्यक्तिमुखी योजना छनोट हुने गरेको कार्कीको आरोप छ । “योजना सम्पन्न भएपछि अनुगमनलाई कडाइका साथ लागू गरेका छौँ”, कार्कीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो