2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

रमेश लम्साल | भदौ ५, काठमाडौँ | नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । 

सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ७६ करोड लगानी गर्ने भएका छन् । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको सो आयोजनामा नबिल बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले ऋण लगानीसम्बन्धी सम्झौता गरेका हुन् । 

सम्झौतापत्रमा त्रिशूली जलविद्युत् कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नबिलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । आयोजनाको कूल लागत रु आठ अर्ब २२ करोड छ । निर्माण अवधिको ब्याज मात्रै रु ७८ करोड तिर्नुपर्ने देखिएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले स्वपूँजीको रूपमा रु दुई अर्ब ४६ करोड लगानी गर्ने भएका छन् । 

आयोजना निर्माणको काम चीनको सिचुवान एनहे हाइड्रोलिक इञ्जिनीयरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । 

विस्तृत डिजाइन, खरिद र निर्माण (इपीसी) ढाँचामा निर्माण हुने सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिने प्रबन्ध निर्देशक गौतमले जानकारी दिनुभयो । सन् २०२१ मार्चमा आयोजना सम्पन्न हुने छ । आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनामा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत, रसुवा र नुवाकोटका गाउँपालिका तथा नगरपालिकाको समान पाँच प्रतिशत, रसुवा र नुवाकोटका स्थानीय बैंक तथा वित्तीय संस्थाको पाँच प्रतिशत तथा रसुवा र नुवाकोटका स्थानीयबासीको दश प्रतिशत शेयर लगानी रहनेछ । 

यस्तै आम नेपालीको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहने गरी संरचना तयार पारिएको छ । नुवाकोट र रसुवाको सिमानामा निर्माण हुने सो आयोजना प्राधिकरणले हाल निर्माण गरिरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिश्ूली थ्रि ‘ए’ परियोजनाको सहायक आयोजना हो । सो आयोजनाले स्थानीयवासी र आम नेपालीलाई शेयर दिने अवस्था नभएपछि सहायक आयोजना निर्माण गरेर सबैलाई शेयर लगानी गर्ने वातावरणसमेत बनाइ निर्माण गर्न लागिएको हो । 

हाल आयोजनाको प्रारम्भिक काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा अन्य काम अगाडि बढिरहेको छ । सो आयोजनाबाट उत्पादित विद्युत् आयोजना नजिकै निर्माण हुने त्रिशूली थ्री ‘बी’ हब प्रसारण लाइन एवं सवस्टशेनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौतामा २०७४ भदौ ६ गते हस्ताक्षर भइसकेको छ । 

हस्ताक्षर समारोहमा उपस्थित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना आकर्षक र महत्वपूर्ण रहेकाले सबै क्षेत्रको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्ला दिनमा आफ्नो बैंकले ऊर्जा क्षेत्रमा लगानी गरिरहेको जानकारी दिँदै परियोजना निर्धारित समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई