2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पका विस्थापितले घर बनाउने जग्गामा प्रसारणलाइन परेपछि पुनःनिर्माणमा अन्योल

रामहरी न्यौपाने | कात्तिक २०, नुवाकोट | विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल भएको छ।

रसुवाको साविक डाँडागाउँ गाविस वडा नं ८ र ९ बाट विस्थापित भएकामध्ये २४ परिवारलाई घर बनाउन नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा खरीद गरिएको जग्गा प्रसारण लाइनको क्षेत्रमा परेको हो। माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जडानका लागि लैजाने १३२ केभी डबल सर्किट प्रसारण लाइनको तारमुनि उक्त जग्गा परेपछि पीडित बासिन्दा घर बनाउनबाट वञ्चित भएका हुन्।

गत मङ्सिर २७ मा स्थानीय मैयाँकुमारी भट्टसँग खरीद गरिएको चार रोपनी १० आना जग्गा प्रसारण लाइनको दायाँबायाँको नौ÷नौ मिटरको प्रभावित क्षेत्रमा परेकाले घर बनाउन नपाएको विस्थापित भीमबहादुर तामाङको गुनासो थियो। उनका अनुसार उक्त जग्गा स्थानीय प्रभावित बासिन्दाले छनोट गरेकाले प्राधिककरणका प्रमुख नापी अधिकृत कमल घिमिरे र नापी अधिकृत कृष्ण थापाले अनुगमन गरी ‘उपयुुक्त’ रहेको भन्दै खरीदका लागि स्वीकृत दिएका थिए।

‘आवास निर्माणका लागि विस्थापित बासिन्दाले जग हाल्न थालेपछि थ्री ‘ए’ले सो स्थानमा प्रसारण लाइन पर्ने भएकाले काम रोक्न निर्देशन दिएकाले घर बनाउन नपाएका हौँ।’ तामाङले भने, ‘अब के गर्ने भनेर प्रशासन कार्यालय ९रसुवा०मा निवेदन दिएका छौँ।’

विसं २०७२ वैशाख १२ को भूकम्पले घरमा क्षति पुर्याएको र उनीहरूको नाममा रहेको जग्गा पहिरोले बगाएपछि सो स्थानमा जग्गा खरीद गरेका २४ सहित ३०० भन्दा बढी विस्थापित परिवार हाल रसुवाको खाल्टे बगरमा अस्थायी टहरामा बसोबास गर्दै आएका छन्।

विस्थापित परिवारका लागि खरीद गरिएको जग्गा प्रसारण लाइनमा परेपछि अन्योल भएकाले समस्या समाधानका लागि छलफल भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार पुनःनिर्माणका प्राविधिकले स्थलगत अनुगमनका क्रममा प्रभावकारी भूमिका निर्वाह नगरेको र जग्गादाताले समेत झुक्याएकाले उत्पन्न समस्या समाधानका लागि प्रयास भइरहेको छ।

प्रसारण लाइनमा पर्ने जग्गाका लागि थ्री ‘ए’ले गत वर्ष भदौमा राजपत्रमा सूचना जारी गरिसकेको जनाएको छ। जग्गा बिक्री गर्ने भट्टले प्रसारण लाइनका लागि जारी भएको सूचना आफूलाई थाहा नभएको बताए। उक्त स्थानमा प्रसारण लाइन निर्माणका लागि खम्बा ठड्याउने काम शुरु हुन बाँकी छ। प्रसारण लाइनमा पर्ने जग्गाको प्राधिकरणले केही रकम क्षतिपूर्ति दिने भए पनि मालपोतमा लगत कट्टा तथा कैफियत नहुने हुँदा सहजै जग्गापास भएको थियो।

गत मङ्सिर २७ गते नुवाकोट जिल्ला मालपोत कार्यालयबाट जग्गाको स्वामित्व हस्तान्तरण गरी लालपुर्जा वितरण र जग्गाधनीलाई चेक प्रदान गर्न आयोजित कार्यक्रम रसुवाको सदरमुकाम धुञ्चेमा राखिएकाले लालपुर्जा लिन पनि पीडित धुञ्चे नै जान बाध्य भएका थिए।

रसुवाका जिल्ला आयोजना कार्यान्वय एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार प्रभावितले छनोट गरेको जग्गामा प्रतिपरिवार रु दुई लाखका दरले रु ४८ लाख उपलब्ध गराइएको थियो। ‘केन्द्रबाट आएको टोलीले सो जग्गा अनुगमन गरी स्वीकृत दिएको हो’, उनले भने, ‘जिल्लाको सदरमुकाममा लालपुर्जा हस्तान्तरण कार्यक्रम आयोजना गरिएकाले जग्गाको प्रकृतिको सम्बन्धमा जिल्ला कार्यालयको भूमिका नै भएन।’

उक्त स्थान नुवाकोटको सीमा क्षेत्रमा पर्दछ। सो जग्गा खरीदका लागि समन्वय, स्वामित्व हस्तान्तरण एवं विस्थापितका लागि जग्गा खरीद गरिएको जिल्लामा पहिलो भएकाले सदरमुकाम धुञ्चेमा सामाजिक संस्था भूमि अधिकार मञ्चको सहयोगमा ‘विशेष कार्यक्रम’ राखिएको थियो।

उक्त जग्गा खरीदका सम्बन्धमा उत्तरगया गाउँपालिका (जहाँबाट उनीहरू विस्थापित भए)का अध्यक्ष उपेन्द्र लम्साल र नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा (जहाँको जग्गा खरिद गएिको थियो) ले आफूहरुलाई यसबारे आफूहरूलाई जानकारी नभएको बताए। स्थलगत अनुगमनमा आएका पुनःनिर्माण प्राधिकरणका प्राविधिकले प्रभावकारी समन्वय नगर्दा विस्थापितका लागि पुनःस्थापना र पुनःनिर्माणमा थप समस्या भएको सरोकारवालाहरूले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई