2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिशूली जलविद्युत् गृहको मर्मत शुरु

पुस २०, बेत्रावती | नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पुर्याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ । 

मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका समेत गरी १८ जनाको टोली मर्मत तथा बन्द रहेको केन्द्र सञ्चालनमा खटिएको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि सहयोग पुर्याइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार उत्पादन गृहमा आगोले पुर्याएको क्षतिको पूर्ण रुपमा मर्मत गर्न करीब एक साता लाग्ने देखिएको छ । “प्राविधिकले काम शुरु गरिसकेकाले मर्मतलाई तीव्र बनाएका छौँ ।” भट्टले भन्नुभयो, “आगोले क्षति पुगेको ब्रेकरको मर्मत गरी बन्द रहेको केन्द्र सञ्चालनका लागि प्राविधिकको टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।” 

बुधबार साँझ लागेको आगलागीपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र सोही केन्द्रको सहायक योेजनाको रुपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रको हालको उत्पादन बन्द छ । त्रिशूली उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर लागेको आगोले ब्रेकर नं ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर क्षति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई