2026-10-18 09:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुममा मोटरेबल पुल निर्माणको काम सम्पन्न

माघ ७, तेह्रथुम | म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । 

पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । 

तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । रु पाँच करोड ९८ लाख ४७ हजार २६१ मा कामको जिम्मा लिएको कम्पनीले निर्धारित म्यादभन्दा ढिला गरी भए पनि पुल निर्माणको काम सकेको हो । ४८ मिटर लम्बाइ र छ मिटर चौडाइ रहने उक्त पुल स्टिल प्लेटमाथि आरसिसी स्ल्याब लगाएर बनाइएको छ । पुल निर्माणको काम सम्पन्न भएको पुलमा कार्यरत इञ्जिनीयर अमरेन्द्र चौधरीले बताउनुभयो । 

पुल बनेसँगै वारिपारिका सडक स्तरोन्नतिको कामसमेत अघि बढ्ने भएको छ । छथर गाउँपालिका क्षेत्रको सडक स्तरोन्नति गरी अबलगत्तै म्याङलुङदेखि छथर गाउँपालिकासम्म सिधा यातायात सञ्चालन गर्ने तयारी रहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । 

तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा रु ७० करोड बढी रकम लगानी गरेको छ । 

युवालाई स्वरोजगार बनाउने ध्येयले कोषले जिल्लाका विभिन्न सहकारी संस्थामार्फत रु ७० करोड २० लाख बढी रकम लगानी गरेको हो । त्यतिका रकम लगानीका लागि विभिन्न सहकारी संस्थासँग सम्झौता भई हालसम्म रु ५५ करोड ७० लाख लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य सचिव माधव दाहालले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाका १४ वटा सहकारी संस्थामा मात्रै अहिले रु ५५ करोड ७० लाख लगानी भइसकेको छ । १४ वटा सहकारी संस्थाका ३२१ युवालाई कोषले व्यावसायिक बन्न ऋण सहयोग गरेको हो । कोषले २०६९ सालबाट वर्षेनी सहकारीलाई स्वरोजगारका लागि ऋण लगानी गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु