२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जम्मा ९ रोपनी सिंचाई गर्न ३ करोड स्वाहा, हजारौं रुखको दोहन

२०७५, ९ माघ बुधबार १२:५३

अनिल अधिकारी | माघ ९, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका वार्ड नम्बर ५, (साविकको खरी ३-६) अन्तर्गत पर्ने मस्ते खोलादेखि कासिटार खुम्टार सिंचाई कुलो निर्माणको क्रममा चरम दुरूपयोग भएको देखिएको छ । सिंचाईको लक्षित जग्गा मध्ये ९९ प्रतिशत भन्दा बढी बुढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रमा पर्ने जान्दा-जान्दै पनि यो आयोजना कसरी निर्माण भयो भन्नेमा स्थानीयनै अचम्मित छन् । 

अचम्म लाग्दो कुरा के छ भने यो आयोजना १०५ हेक्टर सिंचाईको लागि निर्माण गरिएको भनिएपनि यसले अहिले ९ रोपनी मात्र सिंचाई गर्ने देखिएको छ । यो आयोजनाको लागत मूल्यनै २ करोड ९७ लाख ६६ हजार ५५५ रुपयाँ ३८ पैसा छ । यो आयोजनाले सिंचाई गर्ने भनिएको १०५ हेक्टर जग्गा मध्ये ९९ प्रतिशत जग्गा अहिले बुढीगण्डकी डुवान क्षेत्रमा पर्छ । जुन करिव १०४ हेक्टर भन्दा बढी हो ।

सरकारले उक्त क्षेत्रमा मुआब्जा समेत दिईसकेको छ । '२०७३ असार २९ गते ठेक्का सम्झौता हुँदा यो आयोजनाले ९ रोपनी (०.४५ हेक्टर) मात्र सिंचाई गर्ने देखिदा समेत कसरी यत्रो लागतको ठेक्का अघि बढ्यो ? शंकास्पद बिषय छ' एक स्थानीयले साझा सबाललाई । उनले भने अनुसार यो आयोजनाको काम २०७३ पछी सुरु भयो जुन बेला यही आयोजनाले सिंचाई गर्ने भनिएको क्षेत्रमा सरकारले बुढीगण्डकी जलविद्धुत आयोजनाको लागि मुआब्जा दिईरहेको थियो । यसरी थाहा पाउँदा-पाउँदै पनि झन्डै ३ करोडको लागतको ठेक्का हिरा एण्ड नमिता, नाना, रुपल देभीलाई दिईएको खुलाशा भएको छ । 

एक स्थानीयले भने 'पहिले १०५ हेक्टर सिंचाईको लागि यो आयोजना निकै उपयोगी थियो तर अनावश्यक देखिदा-देखिदै पनि ठेक्का दिईयो ।' मुआब्जा पाईसकेका कारण अब सिंचाई गर्ने ९९ प्रतिशत क्षेत्र सरकारी भईसकेको छ । अब पनि उक्त ठाउँमा कुलो बन्नु बालुवामा पानी खनाए सरह भएको स्थानीय बताउँछन् । उनले यो अनावश्यक आयोजना निर्माण हुनु सिंचाई कार्यालयका अधिकारी देखि ठेकेदारसम्मको मिलिमतो हुन सक्ने बताए ।

९५ प्रतिशत काम सम्पन्न 

जिल्ला सिंचाई कार्यालय धादिङबाट उक्त आयोजनामा खटिएका इन्जिनियर रामपुकार शाहसँग जानकारी माग्दा ठेक्काबारे आफूलाई पुरा जानकारी थाहा नहुने बताए । उनले यस आयोजना निर्माण सम्बन्धि निर्णय मध्यमाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालय ललितपुरले गरेको । २०७४ मा संघिय सरकार बनेसंगै यो कार्यालय खारेज भएको थियो ।

आयोजना सम्बन्धि जानाकार एक स्थानीयले सिमेन्ट लगाएर बनाउनु पर्ने कुलामा प्लास्टिक प्रयोग गरेर सिमेन्टको बचावट गरेर आँखामा पट्टि बाधेर कुलो पास गर्ने तयारि भएको आरोप लगाए । यस बिषयमा इन्जिनियर रामपुकार शाहले भने 'कुलो ६.६ किलोमिटर लामो बनाइएको छ, जसमा २.२५ किलोमिटर मात्र पक्कि कुलो बनाउने गरि ठेक्का दिईएको हो । यस बाहेक पाइप लाइन १५० मिटरको राख्ने गरि ठेक्का सम्झौता भएको हो । ' इन्जिनियर साहका अनुसार उक्त कुलोको काम ९५ प्रतिशत सम्पन्न भईसकेको छ । 

बनको दोहन गरेर कुलो निर्माण ! 

जम्मा ९ रोपनी सिंचाई हुने जान्दा-जान्दै पनि हजारौं रुख ढालेर झन्डै ३ करोडको कुलो निर्माण गरिनु, ढालिएको रुखका काठ आफूले लान नपाउने भएपछी अलपत्र छाडिनुले यो आयोजनाले ठूलो क्षेति पुर्याइएको स्थानीयहरुको आरोप छ । 

एक स्थानीयका अनुसार यहाँको काठ बाहिर लाने हिसाबले ठेकेदारहरुले २०७३ मा काम सुरु गरेको तर २०७४ मा स्थानीय सरकार आए पछी रुख बाहिर लैजान रोकेपछी जहाँ काटिएको हो, त्यहि छाडिएका छन् । ति स्थानीयले भने '९ रोपनी मात्र खेतलाई किन आवश्यक भयो झन्डै यत्रो ३ करोडको कुलो ? हजारौं रुख काटेर बनको समेत दोहन गरिएको छ ।' उनले आक्रोश व्यक्त गर्दै भने 'यो बिकास होइन, बिनास हो ।' ठेकेदारहरुले बनको काठ ओसार्नकै लागि कुलोको चौडाईभन्दा फराकिलो स्थानमा डोजर लगाउँदै लगेको उनको आरोप छ । जसको कारण हजारौं रुख ढालिएको उनले बताए । पछी वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले आफ्नो वडाको काठ बाहिर लान नदिएपछि जहाँ रुख ढालिएको थियो, त्यहाँनै अलपत्र छाडिएको ति स्थानीयको भनाई छ । यस विषयमा वडाध्यक्ष काप्रीले भने 'रुख ढालिएपछी संगालेर उपभोक्ता समितिलाई जिम्मा लगाउनु पर्ने हो तर त्यसो गरिएको छैन । बाहिर काठ लिएर जान नपाउने भएपछी लापरवाही छाडिएको हुनसक्छ । ' वडाध्यक्ष काप्रीले थपे 'जति रुख काटिएको हो, त्यस अनुरुप हरेक काटिएको रुख बराबर २० बिरुवा रोप्नु पर्ने हो । त्यसो गरिएको छैन ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि