२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फोर जी विस्तारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

२०७५, १३ माघ आईतवार १०:४४

माघ १३, काठमाडौँ । नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिइएको छ । 

प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले समय सुहाउँदो प्रविधिका रुपमा रहेको चौँथो पुस्ताको सेवा (फोर जी)को विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताउनुभयो । 

पछिल्लो पटक नेपाल टेलिकमले एक चिनियाँ कम्पनीलाई फोर जी सेवा विस्तारको जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रको माध्यमबाट सो कम्पनीले फोर जी सेवा विस्तारको जिम्मा पाएको सन्दर्भमा त्यसको लागत बढी भएको उहाँहरुले गुनासो गर्नुभयो । टेलिकमले देशव्यापी रुपमा फोर जी सेवा विस्तारका लागि रु १८ अर्ब लगानी गर्न लागेको छ । टेलिकमले आगामी एक वर्षभित्र प्रमुख काम पूरा गर्ने गरी फोर जी सेवा विस्तार गर्न लागिएको छ । 

ठूलो परिमाणको रकम खर्च गर्दा अपनाइएको प्रक्रिया गलत त भएको छैन भन्दै सांसदले विषयविज्ञसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो । काम रोक्ने भन्ने विषय नभए पनि सम्बन्धित क्षेत्रका विज्ञसँग मसिनो छलफल गरी लागत सेवा तथा सेवाको गुणस्तरका विषयमा समेत जानकारी लिँदा उपयुक्त हुने उहाँहरुको भनाइ छ । 

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद सुरेन्द्र पाण्डेले निजी क्षेत्रले धमाधम काम गरिरहेको र सेवा विस्तार गरिरहेको सन्दर्भमा टेलिकमले पनि तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले काम रोकनुपर्छ भन्ने विषय अगाडि बढाउन नहुने भन्दै पारदर्शिता र सेवाको विषयमा भने प्रष्टताको जरुरी रहेको भन्दै विषय विज्ञसँग परामर्श गर्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद विष्णुप्रसाद पौडेलले सेवा विस्तारलाई थप सहजीकरण गर्नुपर्ने बताउनुभयो । हालकै अवस्थामा अवरोध मात्रै हुने अवस्था आए टेलिकमको हालत भृकुटी कागज कारखाना, बाँसबारी छाल जुत्ता कारखाना जस्तै हुने भएकाले विषय विज्ञ तथा सूचना प्रविधिको क्षेत्रमा जानकार व्यक्तिसँग परामर्श गरेर उपयुक्त निर्णय दिनुपर्नेमा जोड दिनुभयो । (रासस)

अर्का पूर्वअर्थमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सेवा विस्तारमा परिणाम निकाल्ने गरी समय तालीका बनाइएको छ कि छैन भन्ने विषयमा समान धारणा जरुरी रहेको बताउनुभयो । सांसद जुलीकुमारी महत्तो, रामकुमारी झाँक्री र मेटमणि चौधरीले भने छोटो समयमा मोटो रकम खर्च गर्नुपर्ने अवस्था भएकाले गुणस्तरीयताको सम्बन्धमा ध्यान दिइएन कि भन्ने विषयमा आवश्यक छलफल जरुरी रहेको बताउनुभयो । 

नेपाल टेलिकमले हाल काठमाडौँ र पोखराका छ लाख ९२ हजारलाई फोर जी सेवा उपलब्ध गराएको छ । समितिले यही माघ १५ गते विषय विज्ञसँग आवश्यक छलफल गरी उपयुक्त सुझाव लिने निर्णय गरेको छ । समितिका सभापति कृष्णप्रसाद दाहालले सेवा विस्तारलाई भरपर्दो, परिणाममुखी बनाउन आवश्यक छलफल र परामर्श जरुरी रहेकाले विषय विज्ञको सुझावका आधारमा उपयुक्त निर्णय गरिने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ