२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकटका गाउँगाउँमा सडक

२०७६, १९ बैशाख बिहीबार ०९:४०

ज्ञानेन्द्र न्यौपाने । बैशाख १९, रसुवा । भौगोलिक हिसाबले विकट मानिएको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण भएपछि स्थानीयवासी अहिले मोटरबाट ओहोरदोहोर गर्न थालेका छन् । नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङमो घलेका अनुसार स्थानीय तहको निर्वाचनपश्चात् विकट स्थानका बासिन्दालाई यातायातको पहुँच पुर्यााउन गाउँका बस्तीबस्तीमा हालसम्म ७० किमी सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । यसरी मोटर बाटो निर्माण भएका गाउँमा यार्सा, पारच्याङ, गाङदर, पाटिखर्क, दनुस्वारा, लाङवु, घोर्मु, खाल्चेत, चिती, भोर्ले, गुइसाङलगायत दर्जनौँ गाउँ रहेको बताइएको छ ।

विकासको पहिलो मेरुदण्ड सडक भएका कारण दूरदराजका गाउँवासीलाई डोको–नाम्लोबाट मुक्त गर्न स्थानीय तहले सडक निर्माणलाई पहिलो प्राथमिकता दिई करीब रु चार करोेडको लागतमा ७० किमी सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरिसकिएको र अहिले गाउँवासी मोटरबाटै आवतजावत गर्न थालिसकेको नौकुण्ड गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए ।

पहिलो चरणमा निर्माण भएको मोटर बाटो हिउँदे भए पनि नियमित सञ्चालन गर्न सडकका भागमा पर्ने पक्की पुल निर्माणको प्रक्रियासमेत अगाडि बढिसकेको छ । पुङखोला, फलाखु खोला, वासभञ्ज्याङ, दुनुस्वारा र साङ्गाचौरमा पक्की पुल निर्माणका लागि डिपिआर तयार भइसकेको गाउँपालिकाले जनाएको छ ।

जनतामाझ दिनुपर्ने विविध सेवालाई समेत निरन्तरता दिँदै सडक मार्गलाई पहिलो प्राथमिकतामा राखी निर्माण गरिएको गाउँले सडक हिउँद वर्षायाममा निर्बाध रुपमा सञ्चालन गराउन पक्की पुलका साथै कालोपत्र समेतको कार्ययोजना तयार भइसकेको समेत अध्यक्ष घलेले बताए ।

डोको–नाम्लो प्रयोग गरी उकाली ओराली गर्ने यार्सा क्षेत्रका बासिन्दाले आफ्नो गाउँबाट सवारी साधनमा यात्रा गर्न शुरु गर्नाका साथै कतिपय युवा पङ्क्तिले ट्रक तथा मोटरसाइकलसमेत खरीद गरिसकेको लाङवु गाउँका समाजसेवी छेसाङदावा तामाङले जानकारी दिए ।

काठमाडौँबाट नुवाकोटको त्रिशूली, वेत्रावती, आमभञ्ज्याङ, धुसेनी, भोर्ले हुँदै यार्सा क्षेत्रका नियमित बस गुड्न थालेपछि विगतमा भारी बोकाइ बाट थकित स्थानीयवासी मोटर चढ्न थालेको पाटिखर्कका समाजसेवी रेशमबहादुर न्यौपानेले बताए ।

अहिले यार्सा तथा सरमथली क्षेत्रमा जान नुवाकोटको विदुर, नुवाकोट दरबार, चोगदे, लच्याङ हुँदै सरमथलीको पाटिखर्क र रसुवाको पासाङल्हामु राजमार्गबाट उत्तरगया क्षेत्रअन्तर्गत आमभञ्ज्याङ धुसेनी भोर्ले तथा अर्को मार्ग कालिका गाउँपालिकाको स्याउवारी लोकिल दोक्लाङ हुँदै यार्सा पुग्न सकिने वातावरण तयार भइसकेको स्थानीयवासीले जानकारी दिएका छन् । यार्सा क्षेत्रमा निर्माण भएको गाउँले सडकले १० हजारभन्दा बढी स्थानीयवासीलाई सुविधा पुगेको बताइएको छ ।

यसैगरी विद्यालयको नियमित पठनपाठनलाई थप गुणस्तरीय बनाउन पाँच मावि र दुई निमाविलाई एक÷एक जना शिक्षक व्यवस्था गरेको, प्रत्येक बालबालिकालाई विद्यालय पढाउन जागरण बढाइएको, सरसफाइ र वातावरण संरक्षणमा जागरण ल्याएको, ठूलो भोर्लेबाहेक एक दर्जनभन्दा बढी गाउँमा शुद्ध खानेपानीको व्यवस्था भइसकेको बताइएको छ ।

कुनै पनि रोगको लक्षण देख्नासाथ नजीकको स्वास्थ्य संस्था जाने वातावरणको विकास हुँदै गएको, अपरझट रुपमा हुने सामान्य प्रकृतिका झगडा स्थानीयस्तरमै मेलमिलाप गर्ने जागरण बढाउँदै संमृद्ध र समुन्नत नौकुण्ड गाउँपालिका बनाउने प्रयास निरन्तर भइरहेको पनि अध्यक्ष घलेले बताए  ।

सवारी साधन पुरानै राजमार्गमा गुड्न थाले

ठाडोखोलामा पानीको बहाव बढेपछि नेपाल र केरुङ सामान आयात निर्यात गर्ने ट्रक कन्टेनर साबिककै राजमार्गबाट गुड्न थालेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार  स्याफ्रु मैलुङ खण्डको नयाँ सडकअन्तर्गत धुञ्चे त्रिशूलीको ठाडो खोलामा पुल निर्माण हुन बाँकी रहेको र सडक सतहमा पानीको बहाव बढ्न गएका कारण जोखिम न्यूनीकरणका लागि धुञ्चेतर्फको राजमार्गबाट सवारी साधन ओहोर दोहोर हुन थालेको हो ।

हिमालमा हिउँ पग्लिने क्रमसँगै खोलामा पानीको बहाव ह्वात्तै बढ्न जाँदा मालवाहक कन्टेनर पल्टिन थालेको, मोटरसाइकल डुब्ने सम्भावना बढेको, जीप तथा कारको साइलेनसर पाइपमा पानी पस्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । विगतको तुलनामा यस वर्ष रसुवाको भूभागमा भारी मात्रामा हिउँ परेकाले जलाशयमा पानीको बहाव निरन्तर चल्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् ।

धुञ्चेतर्फको सडक लामो भएकाले स्याफ्रु मैलुङखण्डको त्रिशूली खोलामा हिमपाइपको व्यवस्था गरी यातायात सञ्चालनमा सहजता ल्याइदिन सवारी चालकहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा