२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी नगरपालिकाको बजेट ४४ करोड ५९ लाख

२०७६, १० असार मंगलवार १६:०३

असार १०, जाजरकोट (रासस) | भेरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४४ करोड ५९ लाखको बजेट पारित गरेको छ । सदरमुकाम खलङ्गामा भएको पाँचौं नगरसभाको बैठकमा उपप्रमुख भावना भण्डारीले आव २०७६/७७ को बजेट पेश गर्नुभयो । 

उपप्रमुख भण्डारीले सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण निशर्त अनुदान रु ११ करोड ७६ लाख, सशर्त अनुदान रु २० करोड ४० लाख, राजश्व बाँडफाँडबाट रु १० करोड तीन लाख र प्रदेश सरकारबाट निशर्त अनुदान तथा राजश्व बाँडफाँड गरी रु एक करोड १५ लाख र नगरपालिकाको आन्तरिक स्रोत रु एक करोड २५ लाख प्राप्त हुने जानकारी गराउनुभयो । 

नगरसभाले  पूर्वाधार विकासमा सबैभन्दा बढी रु १२ करोड ९६ लाख  विनियोजन गरेको छ भने सामाजिक विकासमा रु दुई करोड ५८ लाख, आर्थिक विकासमा रु एक करोड ५५ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु एक करोड तीन लाख, सुशासन तथा संस्थागत विकासमा रु एक करोड तीन लाख विनियोजन गरिएको छ ।

नगरसभाले विपन्न नागरिकका लागि विशेष कार्यक्रम, स्वास्थ्य कार्यक्रम, समुदाय सशक्तिकरण कार्यक्रम, पूर्ण सरसफाइ कार्यक्रम, जातीय विभेद् विरुद्धको अभियान, नगर किसान हातेमालो कार्यक्रम, शीघ्र प्रभाव लगायतका कार्यक्रमका लागि विशेष बजेटको व्यवस्था गरिएको छ । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बजेट कार्यान्वयनमा सबै पक्षको साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा