2026-09-14 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा प्रवेशको मुख्यद्वारमा बाढीले क्षति गर्दा बिहानैदेखि यातायात अवरुद्ध

साउन ६, कास्की (रासस) | गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ । 

आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा आज बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले बताउनुभयो । शनिबार राति पनि डाइर्भसन बगाएपछि आइतबार दिउँसो पुनःनिर्माण गरेर यातायातका साधन सञ्चालनमा ल्याइएको थियो । 

नदीमा राखिएका ह्युम पाइप नबगाए पनि ह्युममाथिको ग्राभेल बगाउँदा क्षति पुर्याएको र नदीमा पानीको सहत नघटेसम्म मर्मतमा कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाइभर्सन बनाएर वारपार गर्ने गरिएको छ । 

पक्की पुलको आडमा निर्माणाधीन बेलीब्रिज असार मसान्तभित्रमा सञ्चालनमा ल्याइने बताइए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । 

डाइर्भसनमा क्षति पुगेसँगै १० टनमाथिका ठूला मालबाहक गाडीलाई प्रहरीले गगनगौँडामा नै रोकेर राखेको छ । विजयपुर पुल हुँदै दैनिक करीब छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले