असार १, बिर्तामोड । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १, बिर्तामोड ।
2026-09-18 11:41 PM
अर्थ/विकास

शोभितको स्मृतिमा बृक्षरोपण

असार १, बिर्तामोड । वीरता जेसीजका सदस्य शोभित शर्माको १३औं दिनको पुण्यतिथिमा वीरता जेसीजले आज बुधवार श्रद्धाञ्जलि सभासहित बृक्षरोपण सम्पन्न गरेको छ ।

बुट्टाबारी पूर्व शनिअर्जुनस्थित प्रगति सामुदायिक वन क्षेत्रमा रहेको जेसीज वनमा बृक्षरोपण गरिएको हो । सो अवसरमा जेसीजका सदस्य शोभितको सम्झनामा पर्यावरणमा टेवा पु¥याउने उद्देश्यले विभिन्न जातका तीन सय ५० वटा विरुवा रोपिएको वीरता जेसीजका कोषाध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त विरुवा इलाका वन कार्यालय सुरुङ्गाले उपलब्ध गराएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला वन कार्यालयका रेञ्जर राजन राईले गरेका थिए । वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति सामुदायिक वनका उपाध्यक्ष तेजबहादुर सुवेदी, रोटरी क्लब अफ मिडटाउन बिर्तामोडका अध्यक्ष उमेश डालमिया, प्रमुख अतिथि राईले मन्तव्य व्यक्त गरेका थिए ।

वीरता जेसीजका उपाध्यक्ष मिजास पोखरेलले आस्था वाचन गरेको कार्यक्रममा स्वागत संयोजक किशोर बस्नेत र सञ्चालनमा महासचिव प्रकाश सुवेदी (लभ) ले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्री, झापा ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरी, बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, रोटरी क्लब मिडटाउन बिर्तामोडका संस्थापक सन्तोष अग्रवाल, फिटनेश बल्र्डका अध्यक्ष हरि धिमाल, नेप्लिज टिन्सका संस्थापक मनिष बस्नेत लगायतको आतिथ्य थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि रोटरी क्लब अफ मिड टाउन बिर्तामोड, फिटनेश बल्र्ड एल्थ क्लब, रेडक्रस बिर्तामोड, वीरता लेडी जेसीज, झापा उद्योग बाणिज्य संघ बिर्तामोड, नेप्लिज टिन्स बिर्तामोड, झापा बडिविल्डिङ एण्ड फिटनेश एशोसिएसन र युनाइटेड रिभर साइण्ड एण्ड युथ ग्रुप बिर्तामोडले सहयोग पु¥याएका थिए ।
जेसीजका सदस्य शोभितको ४३ बर्षको उमेरमा सामान्य ज्वरोका कारण अकल्पनीय रुपमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई