2026-09-19 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोसाइँकुण्डलाई केन्द्रित गरी विद्युत् विस्तारका कार्य धमाधम अगाडि बढ्दै

फागुन १२, रसुवा | लाङटाङको पर्यटकीय क्षेत्र र पवित्र धार्मिकस्थल गोसाइँकुण्डलाई केन्द्रित गरी विद्युत् विस्तारका कार्य धमाधम अगाडि  बढिरहेको छ । नेपाल विद्युत् प्राधिकरण शाखाका प्रमुख कृष्णहरि दाहालका अनुसार लाङटाङ क्षेत्रका लागि वृद्धिमदेखि लामा होटलसम्म १९ किलोमिटर विद्युत् लाइन विस्तार भइसकेको र लामा होटलदेखि लाङटाङ गाउँसम्म थप छ किलोमिटरको दूरीको लाइन तान्ने काम भइरहेको छ ।

हरेक स्थानमा पूर्णविद्युतीकरण गरी प्रत्येक नागरिकका घर उज्यालो पार्ने वर्तमान सरकारको नीति कार्यान्वय गर्न र  पर्यटकीय गन्तव्यका रूपमा रहेका  बस्तीलाईमा  विद्युत् विस्तारको काम तीव्ररूपमा अगाडि बढाइएको शाखाले जनाएको छ ।

पवित्र तीर्थ गोसाइँकुण्ड जाने भक्तजनको सुविधाका लागि धार्मिक मार्गअन्तर्गत चन्दनबारीसम्म विद्युत् विस्तार गरिसकिएको र लाङटाङ क्षेत्रको कार्य पूरा भएपछि विद्युत् प्रवाह गरिने उक्त शाखाले जनाएको छ । नयाँ विस्तार भएको तारबाट विद्युत् प्रवाह एवं वितरण गर्दासाथ एकातर्फ रातको समयमा घर उज्यालो हुने, अर्केतर्फ विद्युतीय हिटरबाट खाना पकाउने बानीको विकाससँगै वन जङ्गलको व्ययभारमा कमीआई जैविकविविधता संरक्षणमा  टेवा पुग्ने प्राधिकरण शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो ।

यसैगरी  जिल्लाका सबै गाउँ बस्तीमा विद्युत्  विस्तार भइसकेको र भूकम्पपछिको पुनः निर्माणअन्तर्गत उत्तरगया गाउँपालिका–१ तिरू क्षेत्रमा एकीकृत बस्ती  निर्माणका लागि प्रक्रिया अगाडि बढेको स्थानमा समेत विद्युत् लाइन विस्तार भइरहेको बताइएको छ । 

घरघरमा विद्युत् लाइन विस्तार गर्ने ग्राहक सङ्ख्या आठ हजार ५०० रहेको प्रधिकरणले जनाएको छ । विसं २०४० बाट नुवाकोटको त्रिशूलीदेखि रसुवा जिल्लामा  विस्तार शुरू गरिएको विद्युत् सेवाले ३६ वर्षको दौरानमा ढिलै भए पनि हिमाली क्षेत्रका गाउँगाउँमा विद्युत् प्रवाह हुँदा जिल्लावासी हर्षित भएको नागरिक समाजले जनाएको छ ।

विद्युत् पुग्नुअघि दियालो र टुकी बत्तीको भरमा निर्वाह गरिबस्ने ग्रामीण क्षेत्रका बासिन्दा बत्तीको व्यवस्था भएलगत्तै व्याट्री चार्जको सहजताले अहिले प्रायजसोले मोबाइल लिन थालिसकेका छन् । आफ्ना नातागोतालाई मोबाइलबाटै सन्चो बिसन्चोका कुरा सोध्ने वातावरण सिर्जना भएको लाङ्वुका सामाजसेवी छेसाङदावा तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई