प्रभात सुवेदी । असार ३१, बर्दिया । बर्दियाको बबई नगरपालिका २ भुरीगाँउ बजारमा रेडिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार ३१, बर्दिया । बर्दियाको बबई नगरपालिका २ भुरीगाँउ बजारमा रेडिय"/>
2026-06-17 09:12 PM
अर्थ/विकास

थपियो बर्दियामा अर्को एफएम रेडियो

प्रभात सुवेदी । असार ३१, बर्दिया । बर्दियाको बबई नगरपालिका २ भुरीगाँउ बजारमा रेडियो टाइगर एफ. एमले बुधबारदेखि परीक्षण प्रसारण आरम्भ गरेको छ ।  

बर्दिया टाइगर नेटवर्क द्वारा ८८.२ मेगाहर्जका एफएम ब्याण्डमा परीक्षण प्रसारण सुरु गरिएको एफएमको बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले परीक्षण प्रशारणको समुद्घाटन गर्नुहुँदै जिल्लामा प्रशासनिक सुशासन कामय गर्नका लागि रेडियोले महत्वपूर्ण कदम चाल्नुपर्ने कुरा औंल्याउनु हुँदै प्रगतिको शुभकामना दिनुभयो ।  

कृषी, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि संचार भन्ने नारा सहित बर्दिया टाइगर नेटवर्क द्धारा रेडियो टाइगर एफ.एम. ८८ थोप्लो २ मेगाहर्ज भुरीगाउँमा सञ्चालन गरिएको यो रेडियो सँगै अब जिल्लामा सामुदायिक र निजी गरी सात ओटा रेडियोहरु सञ्चालनमा आएका छन् । 

कार्यक्रममा विशिष्ट अतिथी रहनुभएका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बन्यजन्तुको नामबाटएफ.एम. रेडियो नामाङ्ककरण गरीएकोमा खुशी व्यक्त गर्नुहुँदै, वन्यजन्तु र जैविक विविधताको संरक्षणका साथै मध्यवर्ती क्षेत्रको विकासका लागि रेडियोले आगामी दिनमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले सामुदायिक एवं निजी विद्यालयको अवस्थालाई उजागर गरी शिक्षा क्षेत्रको पनि समाचार र कार्यक्रम ल्याउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो । 

रेडियो टाइगर एफ. एमले सूचनामूलक, समाचार मूलक, संरक्षणमूलक, शिक्षाप्रद, ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालनमा ल्याउने र श्रोताहरुकै माग तथा स्थानीय आवश्यकतालाई मध्यनजर गरी कार्यक्रम एवम् प्रसारण गरिने लक्ष्य राखेको प्रबन्धक भावुक योगीले बताउनुभयो । 

रेडियोको परीक्षण प्रसारणका क्रममा रेडियोबाट शुभकामना शन्देश दिनु हुने व्यक्ती, व्यापरी एवं संघ संस्थालाई रेडियोले मायाको चिनो स्वरुप झण्डै ४७ जनालाई रेडियो बितरण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु