<p><img src="http://sajhasabal.com/uploads/posts/8346c259507c975950f340bff19977fc1468697967.jpg" style="width: 400px; float: left;"><span style="line-height: 1.42857;"><b>सन्तोषकुमार गुप्ता । साउन १, दाङ । </b>शनिबार देखी नयाँ आर्थिक बर्ष सुरु भएको छ । आर्थीक बर्ष २०७२/७३ असार मसान्त सकिएपछि शनिबार देखी आर्थीक बर्ष २०७३/७४ सुरुभएको हो । आर्थीक बर्ष २०७२/७३ सकिदा दाङमा यस बर्ष पनि करोडौँको विकास बजेट फिर्ता भएको छ ।</span></p><p>विकास बजेटको करिब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ । कुल बजेटको कम्तिमा ८५ प्रतिशत बजेट रकम खर्च भएको कार्यालयले जनाएको छ । कुल विकास बजेट ४ अर्ब ५३ करोड ७३ लाख ३ हजार ४ सय ६३ रुपैयाँ मध्ये ३ अर्ब ८५ करोड ९३ लाख ३ हजार ४ सय रुपैयाँ खर्च हुन नसकेको कार्यालयका प्रमुख सुकदेबप्रसाद बास्तोलाले जानकारी दिए । जिल्लामा अधिकांश सडक तथा पुल पुलेसा निर्माणको बजेट खर्च हुन सकेको छैन । समयमै काम नहुने तर आर्थीक समान्त र बर्षा याम सुरु हुने बेलामा काम सुरुवात गर्दा पनि काम समयमै नसकिने र प्रभाबकारी नदेखिने गरेको छ ।</p>
