२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राप्ती लोकमार्गका खाल्डाखुल्डी पुरिँदै

२०७६, १ चैत्र शनिबार ०२:०५

चैत १, दाङ | राप्ती लोकमार्गअन्तर्गत दाङको लमही–तुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ । तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सव–इञ्जिनीयर नारायण दाहालले बताउनुभयो । 

कार्यालयको  रु ३२ लाख लगानीमा उक्त काम शुरु भएको उहाँको भनाइ थियो । सडकबीचमा खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिम बढेको भन्दै पुर्ने काम शुरु भएको दाहालले बताउनुभयो । त्यस्तै नाला मर्मत गर्ने काम समेत थालिएको छ । उहाँले भन्नुभयो, “ दुर्घटना न्यूनीकरण गर्नका लागि खाल्डाखुल्डी र नाला मर्मत गर्न थालेका हौँ ।” 

फागुन दोस्रो सातादेखि शुरु भएको उक्त काम एक/डेढ महिनामा सकिने बताइएको छ । “फागुन अन्तिम दिनसम्म सक्ने गरी सम्झौता भएको हो, तर काम ढिला शुरु भयो”, उहाँले भन्नुभयो । 

चिसोमा कालोपत्रे गर्दा गुणस्तरीय नहुने भएपछि ढिला गरी काम शुरु गरेको बताइएको छ । सो कार्यको जिम्मा पे्रमधन निर्माण सेवाले लिएको छ । सडक डिभिजन कार्यालयलाई वर्षेनी १० देखि २९ किलोमिटर सडकबीचमा परेका खाल्डाखुल्डी पुर्ने गरी बजेट आउने गर्छ । अहिले राप्ती लोकमार्गअन्तर्गत धेरै स्थानमा खाल्डाखुल्डी भए पनि दाङ खण्डको तुलसीपुर बजारदेखि भञ्ज्याङसम्म मात्रै काम गर्ने गरी बजेट आएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी