2026-09-12 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौरजहारी नगरपालिकाद्धारा ५ सय बढि विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण

ज्ञानु गौतम | चैत २२, रुकुम | रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले दैनिक मजदुरी गर्ने करिब ५ सय बढि विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका,अपाङ्ग परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरिएको हो । 

लकडाउनको समयावधिलाई मध्यनजर गर्दै नगरपालिका भित्रका १ देखि १४ वडाका करिब ५१२ बिपन्न घरवरिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो । परिवार सङ्ख्याको आधारमा चामल, दाल, नुन, तेल,चिनि, चिया पत्ति,साबुन वितरण गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो  । लकडाउनको अवधीभर पुग्ने गरी चौरजहारी नगरपालिका भित्रका सबै वडाका विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने नगर प्रमुख शर्माको भनाई छ । लकडाउनको कारण समस्यामा परेका अतिविपन्न, ज्यालादारीमा काम गर्ने मजदुर, असहाय, एकल महिलाहरुलाई वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा नगरपालिकाले खाद्यान्न वितरण हो । 

वडाबाट आएका सङ्ख्यालाई नगर स्तरीय आपूर्ति व्यवस्थापन समितिले छनोट गरि खाद्यान्न वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीले जानकारी दिनुभयो । केहि छुटेकाको विवरण तयार हुदै छ त्यो विवरण आइसकेपछि  पनि खाद्यान्न विरण गर्ने अधिकृत के.सीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग