2026-09-12 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोगि हातहरु बढ्दै

चैत २८, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोग जम्मा हुन थालेको छ । जस अनुसार शुक्रबार सम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ, कोसमा साहास नेपालले ५ लाख ४० हजार राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रितमान पुन (अग्रिम)ले २२ हजार २ सय २२ रुपैया, गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले ११ हजार १ सय ११ रुपैया, सिरानटोल समस्या समाधान समिति (विश्वकर्मा समाज) सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रिले ५ हजार र गाउँपालिका पञ्जिकरण, पोषण, गाउँपालिका, गाउँपालिका करार कर्मचारीहरु कर्मचारीहरुबाट १ लाख ३९ हजार ८ सय ६१ रुपैया जम्मा भएको छ । 

यसरी गाउँपालिकाले सहयोगकालागि अनुरोध गरेपछि पश्चात सहयोग गर्नुहुने सवैप्रति गाउँपालिकाले हार्दिक आभार व्यक्त गर्दछौ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीका अनुसार ४० लाख भन्दा माथिको राहात कोष निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभएको छ, त्यसैले देश विदेश जहाँबाट सकिन्छ सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभएको छ ।

साथै शुक्रवार एक कार्यक्रमका विच गाउँपालिका भित्र सञ्चालनमा आएका एम्वुलेन्स चालकहरुलाई पिपिई हस्तान्तरण गरिएको छ जस अनुसार तेबाङ स्वास्थ्य चौकी, गजुल स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, सुलिचौर, सूर्यदय वचत तथा ऋण सहकारी संस्था रुइनिबाङबाट सञ्चालित एम्वुलेन्स चालकहरु र गाउँपालिकामा कार्यरत चालक एक एक सेट पिपिई हस्तान्तरण गरिएको छ । 

यस विपतको घडिमा विरामीसँग नजिक हुनुहुने चालकहरु सुरक्षित गर्नका लागि हस्तान्तरण गरिएको अध्यक्ष घर्तीले बताउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन