२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलाको मार्मा गाउँपालिकाले बाडेको पोलिस्टरको माक्स काण्ड !

२०७७, ९ बैशाख मंगलवार १०:०२

वैशाख ९, दर्चूला | दार्चुला जिल्लाको मार्मा गाउँपालिकाले जनताको स्वास्थमा खेलवाड गरेको भन्दै सामाजिक संजालमा बिरोध गरिएको छ । गाउँपालिकाले पिपिइ सेट, सेनेटाइजर र सर्जिकल माक्स खरिद गरेर  गाउँ-गाउँ बितरण गर्ने भनेर भनिएता पनि मार्मा गाउँपालिकाले स्थानीय बजारमा पाइने पोलिस्टरको कपडाबाट माक्स उत्पादन गरि बाडेको स्थानीयको आरोप छ । 

गाउँमा बाडिएको उक्त पोलिस्टरको माक्स लगाउँदा स्वास लिननै समस्या भएको भन्दै स्थानीयले  गुनाशो गरेपछि गाउँपालिकाले उक्त माक्स बाड्न रोकेको स्थानीयले बताएका छन् । यसै विषयमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानासंग जानकारी लिदा मार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चक्र सिंह धामिलाई स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा गाउँपालिकाले दिएको बताए । रानाको अनुसार ५/६ सयको शंख्यामा माक्स निर्माण गरिएको थियो । जनताबाट गुनासो आएपछि पोलिस्टरको कपडा प्रयोग भएको माक्स गाउँपालिकाले फिर्ता लगेको उनले बताएका छन् ।

माक्स बनाउने कपडा पोलिस्टरको रहेको माक्स सिलाइ गर्ने जनक तिखालले बताएका छन् । माक्स कतिवटा निर्माण भएको भन्ने प्रश्नमा जनक तिखाल र उनकी छोरीसँग भएको छुट्टाछुट्टै संवादमा ५ हजार ५ सय निर्माण गरेर पठाएको भन्ने छ । सिलाई गर्ने तिखालका अनुसार माक्स पाँच हजार पाँच सय प्रति सिलाएको र चौतर्फी बिरोध आएको भएर गाउँपालिकालेनै फिर्ता लगेका छन् । तर यहि विषयमा गाउँपालिका अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले साझा सबाल मिडियालाई दिएको जानकारी सोझै बाझिने खालको छ । गाउँपालिका अध्यक्ष जमनसिंह धामी र प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानाले ५/६ सयको शंख्यामा मात्र माक्स सिलाएको दावी गरिरहँदा सिलाई गर्ने तिखाल परिवारले भने ५ हजार ५ सय माक्स सिलाई गरेर पठाएको बताएका छन् । तिखाल परिवारसंग भएको छुट्टा-छुट्टै फोन संवादमा सिलाई जिम्मा लिएका जनक तिखालले बताएको र उनकी छोरीले बताएको कुरा मिल्छ तर सिलाई गर्ने र गाउँपालिका अधिकारीको कुरा मिल्दैन ।

त्यसो त माक्सकै विषयमा गाउँपालिकाका अधिकारीहरु समेत भ्रममा रहेको थप प्रमाणित केबाट हुन्छ भने आजै गाउँपालिकाको वेवसाइटमा एक बिज्ञप्ति जारी भएको छ, जसमा स्वास्थ्य संयोजक चक्रसिंह धामीले ३ हजार ५ सय माक्स वितरण गरेको उल्लेख गरेका छन् । बिज्ञप्तिमा स्वास्थ्य संयोजक चक्रसिंह धामीले सामाजिक संजालमा माक्स खरीद गर्दा भ्रष्टाचार भएको भन्दै आएको कुराहरुले चरित्रहत्या भएको उल्लेख गरेका छन् । बिज्ञप्तिमा धामीले आफूले अनियमितता गरेको पाइएको जुनसुकै कारवाही भोग्न तयार भएको भन्दै छानवीन गर्न अनुरोध गरेका छन् । 


यस विषयमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले सुरुवातमा ६/७ सय माक्स निर्माण गरेको तर त्यसको गुणस्तर राम्रो नभएको भन्ने भएपछि थप बनाउन रोकेको बताएपनि आजै गाउँपालिकाको वेवसाइटमा जारी एक बिज्ञप्तिमा ३ हजार पाँचसय माक्स वितरण भएको उल्लेख गरि बिज्ञप्ति आउनुले गाउँपालिका प्रमुखलाई नै कति माक्स वितरण गरियो भन्ने थाहा नभएको स्पष्ट बुझ्न सकिन्छ । उनले भने – 'सामाजिक संजालमा भनिएजस्तो ५ हजार ५०० माक्स सिलाइएकै छैन । ५/६ सय माक्स सिलाएको हो, त्यसको भुक्तानी भएकै छैन । गाउँपालिकाले त्यो माक्सको लागि कुनै बजेट बिनियोजननै नगरेको अवस्थामा भ्रष्टाचार भयो भन्ने आरोप आएको छ ।' उनले गाउँमै  बनाइएको माक्स राम्रो नभएपछि काठमाडौँबाट सर्जिकल माक्स मगाइएको बताएका छन् । 

अध्यक्ष धामीका अनुसार गाउँमा २० वटा पीपीई आएको छ । थप स्वास्थ्य सामग्री काठमाडौँबाट मगाइएको छ । सर्जिकल माक्स सहित अन्य स्वास्थ्य उपकरण आउने चरणमा छ । 

अध्यक्ष धामीका अनुसार गाउँपालिकामा १३९ जना क्वारेनटाइनमा राखिएको मध्ये सबैको स्वास्थ्य परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको छ । हाल गाउँपालिकामा १७ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै