सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । मध्यपश्चिम डिभिजन सडक कार्यालय, दाङले गत आर्थिक वर्षमा विनियोजन भएकोमध्ये २४ करोड ५० लाख रुपैयाँ खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७२र७३ मा कार्यालयले कुल ९० करोड रुपैयाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । मध्यपश्चिम डिभिजन सडक कार्यालय, दाङले गत आर्थिक वर्षमा विनियोजन भएकोमध्ये २४ करोड ५० लाख रुपैयाँ खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७२र७३ मा कार्यालयले कुल ९० करोड रुपैयाँ"/>
2026-06-14
अर्थ/विकास

सडक डिभिजन दाङको साढे २४ करोड बजेट फ्रिज

सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । मध्यपश्चिम डिभिजन सडक कार्यालय, दाङले गत आर्थिक वर्षमा विनियोजन भएकोमध्ये २४ करोड ५० लाख रुपैयाँ खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७२र७३ मा कार्यालयले कुल ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । खर्च हुन नसकेको रकम कुल विनियोजित बजेटको २७ प्रतिशत हो । विनियोजन भएर खर्च हुने नसकेको सबै रकम फ्रिज भएको कार्यालयका लेखा अधिृकत जयेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार ठूला योजनाहरूमा प्रगति न्यून हुँदा विनियोजित बजेटको १ चौथाइभन्दा बढी बजेट खर्च हुन नसकेको हो ।

     गत आवमा तुलसीपुर–पुरन्धरा सडक, देवस्थल–कैनिडाँडा– चौरजहारी, शहरी सडक, औद्योगिक पूर्वाधारअन्तर्गत सिमेण्ट उद्योगको पहँुचमार्गलगायत योजनामा अत्यन्त न्यून बजेट खर्च भएको पौडेलले जानकारी दिए । उनका अनुसार सडक यातायात सुरक्षा अतिक्रमण नियन्त्रण तथा सीमा सुरक्षा शीर्षकमा १ रुपैयाँ पनि खर्च भएन ।

यो शीर्षकमा ९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । शहरी सडकअन्तर्गत घोराही र तुलसीपुरमा सडक विस्तारको कार्यप्रगति निकै न्यून देखिएको छ । घोराही र तुलसीपुरका मुख्य सडक अहिले सडक विस्तारको कार्य प्रारम्भ गएर ढिलो काम गर्दा निकै समस्या उत्पन्न भएको छ । वर्षात्को समयमा हिलो हुँदा बजारवासीहरूले निकै सास्ती बेहोर्नुपरेको छ ।

डिभिजन कार्यालयले आर्थिक वर्ष सकिएलगत्तै निर्माणको काममा ढिलाइ गर्ने ठेकेदारहरूको सूची तयार गरिरहेको छ । निर्धा्रित समयमा विनाकारण काम सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राखिने पौडेलले बताए । कालोसूचीमा राख्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अहिले सूची तयार गर्ने काम भइरहेको उनले जानकारी दिए । ठेकेदारहरूले विभिन्न क्षेत्रमा हात हाल्दा समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘धेरै ठेकेदार अन्य व्यवसायमा संलग्न छन्, उनीहरू ठेक्कालाई सहायक पेशा बनाउँछन्,’ उनले भने, ‘ठेकेदारहरूमा व्यावसायिक सोच नहुनु मुख्य समस्या हो ।’

     राज्यको ठेक्का व्यवस्थापन नीतिमा भएको त्रुटिपूर्ण व्यवस्थाले पनि काममा ढिलाइ भएको पौडेलले बताए । असार महीनासम्म ठेक्का लगाउने काम भइरहेको हुन्छ । बहुवर्षे तथा राष्ट्रिय गौरवका आयोजना बाहेक सबै योजनाको ठेक्का चैत मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए ।

अन्य क्षेत्रमा जस्तै ठेक्का गर्ने निर्माण व्यवसायीको निश्चित मापदण्ड लागू गनुपर्ने उनको भनाइ छ । सार्वजनिक ऐनअनुसार कम रकममा ठेक्का हाल्ने निर्माण कम्पनीलाई ठेक्का दिने व्यवस्थाका कारण पनि समयमै काम सम्पन्न गाह्रो भएको उनले बताए । कम रकममा ठेक्का हाल्दा समयमै काम सम्पन्न भए पनि गुणस्तर कायम हुन नसक्ने उनको भनाइ छ । ‘सरकारले भर्खरै ल्याएको सार्वजनिक खरीद ऐनबाट केही सुधारको अपेक्षा गरिएको छ,’ उनले भने, ‘ठेक्का व्यवस्थापन वैज्ञानिक र व्यावहारिक बनाउनुपर्छ ।’




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक