२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनिलस्मृतिको १३ औं कार्यपालिका बैठक सम्पन्न

२०७७, १९ बैशाख शुक्रबार ०५:४६

वैशाख १९, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७६/०७७ को १३ औं कार्यपालिका बैठक विहिवार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ । 

१३ औं कार्यपालिका बैठकले महत्वपूर्ण ७ निर्णयहरु गरेको गाउँपालिका प्रवक्ता नमराज थापाको हस्ताक्षरमा एक प्रेस विज्ञप्ती सार्वजनिक गरिएको छ । सार्वजनिक विज्ञप्तीमा भनिएको छ, विश्वमा फैलिरहेको कोराना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न संघ सस्था तथा व्यक्तिहरुबाट प्राप्त भएका जिन्सि सामाग्री तथा नगद रकम बारे कार्यपालिका सदस्यहरुलाई जानकारी, विश्वमा फैलिरहेको कोराना भाईरस (कोभिड–१९) का कारण राष्ट्र १ महिना अगाडि देखि लकडाउनको अवस्थामा रहेकोले चालु आ.व.मा सञ्चालन हुने विकास निर्माण योजनाहरुको कार्य सुरु भएका योजनाहरु र सञ्चालन हुन सक्ने योजनाहरु सामाजिक दुरी कायम राखी नेपाल सरकार र प्रदेश सरकारको निर्देशन अनुरुप सावधानी वडा कार्यालयको निगरानीमा योजना सञ्चालन गर्ने, २०७६ को बार्षिक परिक्षा नतिजाहरु क्रमश प्रकाशन गर्दै जाने भनी प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयको पत्रानुसार गाउँपालिका भित्र रहेका कक्षा १–९ को बार्षिक परीक्षाको नतिजा २०७७ बैशाख मसान्त सम्ममा सामाजिक सञ्जालको माध्यमबाट नतिजा प्रकाशन गर्ने तथा सम्बन्धित विद्यालयले सम्बन्धित विद्यार्थीहरुलाई फोन सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरी र लकडाउनलाई ध्यानमा राखी सामाजिक दुरी कायम राखी उत्तिर्ण विद्यार्थीहरुको भर्ना प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।

साथै गाउँपालिका भित्रका कृषकहरुका लागि कृषि सम्बन्धी नीति निर्माण गर्न ९ जनाको कार्यदल गठन, असङ्गठित क्षेत्रमा कार्यरत अति विपन्न श्रमिक वर्ग तथा असहायकहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरी सोही अनुसार राहत वितरण कार्य अगाडी बढाउन प्रत्येक वडाबाट तत्कालका लागि ३० घर परिवारलाई राहत वितरणको लागि छनौट गरी गाउँपालिकामा पठाउने, मिति २०७७ वैशाख ७ र १७ गते यस गाउँपालिकाका अध्यक्ष ज्यूको अध्यक्षतामा सुनछहरी, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत समेतको उपस्थितीमा बसेको अध्यक्ष स्तरको बैठकको निर्णयहरु कार्यान्वयन गर्ने र लकडाउनको अवधिमा बाहिरबाट आएका व्यक्तिहरुलाई तिनीहरुले प्रयोग गरेको सवारी साधन, आएको जिल्लाको संक्रमणको अवस्था समेत हेरी सुरक्षित तरिकाले आएको देखिएमा वडा कार्यालयले अवस्था हेरी होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सक्ने निर्णय गरिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ