2026-09-12 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘लकडाउन’ अवधिमा चोरी कटानका काठ धमाधम बरामद हुँदै

वैशाख २२, महोत्तरी | कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् । 

पछिल्लो पटक आइतबार संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट चोरी कटान गरिएका १०० घनफिट सालका ४० वटा गोलिया गौशाला नगरपालिका–१२ बाट बरामद गरेको हो । योसहित लकडाउन अवधिमा सुरक्षा गस्तीले बरामद गरेको चोरी कटानका काठको परिमाण ३०० घनफिट पुगेको छ । 

पछिल्लो पटक आइतबार बाँके सवडिभिजन वन कार्यालय  लक्ष्मीनियाँ, सागरनाथ वन विकास परियोजनाको स्टिल टावर रेन्ज युनिट, बाँके साझेदारी वन उपभोक्ता समितिका प्रतिनिधि, कान्तिबजार प्रहरी चौकी र सशस्त्र प्रहरी सुरक्षा वेस जमुनियाँको संयुक्त गस्तीले लुकाएर राखिएको काठ बरामद गरेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । चोरी कटान गरिएका काठ गौशाला–१२ लक्ष्मीनियाँको रानाटोलको उखुबारी, बगैँचा र झाडीमा फेला पारिएको कार्यालयले जनाएको छ ।

लकडाउन अवधिमा यसअघि सुरक्षा गस्तीले बर्दिवास–११ खयरमारा र बर्दिवास–३ पाटुबाट समेत २०० घनफिट सालको काठ बरामद गरेको थियो । यसै अवधिमा वनमा रुख कटान गरिरहेकै बेला एका र चोरी कटान गरिएका काठ अटोरिक्सा र मोटरसाइकलमा ओसार्दै गरेका एकसहित दुईजना पक्राउ गरिएका छन् । 

सुरक्षा गस्तीले यसै अवधिमा जोखिममा परेका तीन नीलगाई, एक/एक हरिण र चित्तल गरी पाँच वन्यजन्तुको उद्धार गर्नुका साथै ३०० हेक्टर क्षेत्रफलमा लागेको डढेलोसमेत नियन्त्रण गरेको डिभिजन प्रमुख साहको भनाइ छ । लकडाउन अवधिमा वन सम्पदाको चोरी निकासी र वन्यजन्तुको चोरी शिकार बढेको गुनासो बाक्लिएसँगै विशेष तालीमप्राप्त तीनवटा टोली वनमा परिचालित गरिएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन