रामपुरमा दुई झोलुङ्गे पुल बन्ने

साझासवाल
1 Min Read

<p>असर ६, पाल्पा | रामपुर नगरपालिकामा&nbsp; दुई झोलुङ्गे पुलको एकैसाथ निर्माण शुरु भएको छ । रामपुर– ६ प्याक्लुक र ८ सेरा जोड्ने तुरुन्दीखोलामा तथा रामपुर– ४ खोप्टार र काँसजरी जोड्ने अँधेरी खोलामा झोलुङ्गे पुल निर्माणको काम शुक्रबारदेखि शुरु भएको हो ।&nbsp;<br></p><p>&nbsp;नगर प्रमुख रमणबहादुर थापाले नगरका दुई स्थानको सम्बन्धलाई कायम राख्दै कृषि र पर्यटनको विकासमा झोलुङ्गे पुल महत्वपूर्ण हुने बताउनुभयो ।&nbsp;</p><p>&nbsp;तुरुन्दी खोलामा निर्माण हुने पुलको लम्बाइ ९८ मिटर रहने छ ।&nbsp; सो पुल रु ४६ लाख ३३ हजार लागतमा आगामी माघ १७ सम्म सम्पन्न गरिने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार अर्यालले बताउनुभयो । वडा नम्बर ४ खोप्टार र काँसजरी जोड्ने ६२ मिटर लामो पुल रु&nbsp; ३२ लाख २५ हजारको&nbsp; लागतमा सम्पन्न गरिने समितिका अध्यक्ष पूर्णबहादुर थापाले जानकारी दिनुभयो । रासस</p>

Share This Article
Leave a Comment

Leave a Reply