२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फलहरूको राजा आँप, ‘अल्टरनेट बियरिङ’ का कारण कम उत्पादन

२०७७, ९ असार मंगलवार ०५:२३

शङ्खर पहाडी। असार ९, सर्लाही। “मालदह । आओ आओ ३० रुपयेँमे एक किलो, ५० रुपयेँमे दु किलो मालदह आम लिए ।” जिल्लाका बजारहरुमा बाटोमा आँप बेच्दै गरेका एक विक्रेता ग्राहकलाई आकर्षित गर्न एकोहोरो चिच्याइरहेका थिए । पूर्वपश्चिम लोकमार्गको छेउमा तरकारी तथा फलफूलका ठेलागाडामा भारतीय आँप भरिभराउ थियो भने कोरोनाविरुद्धको लकडाउनको प्रवाह नगरी  स्थानीयवासीको भीडभाड पनि त्यत्तिकै थियो ।

जिल्लाका विभिन्न स्थानमा डेरा गरी बस्ने भारतीय व्यापारी तथा विक्रेताहरु आँप बेच्दै थिए । मिथिलाञ्चालको लोकप्रिय फलको रूपमा आँपलाई लिने गरिएको छ । फलहरुको राजाका रूपमा आँपको पहिचान छ । मिथिलाञ्चलमा मानिसको जन्मदेखि मृत्यु पर्यन्त पनि आँपको प्रयोग हुने गरेको छ । आँपको पात शुभकार्यमा कलशमा राख्न प्रयोग गरिन्छ भने सुकेको काठ हवन र यज्ञादिमा प्रयोग गरिन्छ । शव जलाउन पनि आँपको काठलाई प्राथमिकता दिने गरिएको छ ।

आँपको मौसम भएका कारण पनि शहरबजारमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि आँपको व्यापार हुने गरेको पाइन्छ । आँपलाई मिथिला संस्कृतिको सर्वाधिक लोकप्रिय रुखका रुपमा मान्ने गरिएको स्थानीय जानकार उमाशङ्कर साहले बताउनुभयो । शिव पार्वतीको विवाह आँपको रुखको छहारीमा भएको पुराणहरुमा उल्लेख गरिएको छ । यो रुखलाई स्वर्गको बगैँचाबाट नारदमुनिले धर्तीमा ल्याएका थिए । पुराणहरुका अनुसार पञ्चपुष्प अर्थात् पाँच फूलमध्ये चम्पा, समी, कमल, कनेरसँगै आँप पनि एक रहेको छ । विशेषतः पुसदेखि भदौ महिनासम्म आँपको मौसमको रुपमा मानिन्छ ।

बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया र गुलाबलगायतका आँप छिटो पाक्ने आँप हुन् भने मालदह, सिपीया, दशहरी, फजिलीलगायत जातका आँप मध्यम जातको रुपमा पर्दछन् । कलकतिया र भदैयालगायतका ढिलो पाक्ने आँप हुन् तर पछिल्लो समयमा कृषकले बढी मूल्य पाउने लोभमा विभिन्न किसिमका अखाद्य रसायनको प्रयोग गरेर आँपलाई चाँडो पकाउन थालेका छन् । त्यसै त अखाद्य रसायनको प्रयोग गरेर कुसमयमा पकाएको आँपको स्वाद त बिग्रन्छ नै त्यसले उपभोक्ताको स्वास्थ्यमा पनि हानी पुर्याउने गरेको चिकित्सकहरु बताउँछन् । प्रदेश नं २ का जिल्लामा आँपको बगैँचा आफ्नै नहुने गाउँ र कृषक बिरलैै होलान् । पहिला–पहिला आँपको बगैँचा, इनार र पोखरी नहुने घरमा आफ्नी छोरी दिन नमान्ने अर्का जानकार छोटेलाल साहले बताउनुभयो ।

पछिल्लो समयमा आँपको व्यावसायिक खेती हुन थालेपछि कृषक आँपप्रति आर्कषितसमेत हुन थालेका छन् । यसैले पछिल्लो समय आँपखेती गर्ने क्षेत्रफल पनि बढेको कृषि ज्ञानकेन्द्र मलङ्गवाले जनाएको छ । कृषि ज्ञानकेन्द्र मलङ्गवाका प्रमुख देवानन्द राय यादवका अनुसार जिल्लामा अहिले करिब दुई हजार १८० हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुने गरेको छ । तुलनात्मकरूपमा १० हजार ९०० मेट्रिक टन आँप उत्पादन हुनुपर्नेमा असिनापानी तथा हावाहुरीले गर्दा केही उत्पादन हुनुपर्नेभन्दा कम आँप उत्पादन भएको उहाँका भनाइ छ ।

आँप उत्पादनको प्रमुख समस्या ‘अल्टरनेट बियरिङ’

आँप उत्पादनको प्रमुख समस्या अल्टरनेट बियरिङ हो । कृषिविद्हरु एक वर्ष बिराएर बाली लगाउने प्रवृत्तिलाई अल्टरनेट बियरिङ भन्छन् । अल्टरनेट बियरिङको समस्याका कारण आँप हरेक वर्ष नफल्ने तथा कम फल्ने गरेको यादवको भनाइ छ । उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेका अनुसार पुराना आँपका जात तथा बोटहरु एक वर्ष बिराएर फल्ने गरेका छन् जसका कारण गत वर्षको तुलनामा यस वर्ष आँप कम फलेको किसानको पनि अनुमान

छ ।

यस भेगमा बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया, गुलाव, मालदह, सिपीया, दशहरी, फजिली, कलकतिया र भदैया जातका आँपको बगैँचा देख्न सकिन्छ । किसानले फलसँगै सुकेका हाँगा दाउराका रूपमा प्रयोग गर्न पाउँदा यिनै जातका आँप लगाउने गर्दछन् तर पुराना जातका आँप वर्ष बिराएर फल्ने गरेका कारण किसान पछिल्लो समयमा आम्रपाली, मल्लिका, दशहरी, अलफान्सो, अनवरतौलजस्ता आँपखेतीमा लागेका छन् । आधुनिक जातका आँपमा अल्टरनेट बियरिङको समस्या कम हुने गरेको कृषिविज्ञहरुको बुझाइ छ । पुराना परम्परागतरूपमा लगाइने आँपको फल तयार हुन करिब आठ महिना लाग्ने गर्दछ तर आधुनिक जातका आँप छ महिनामै तयार हुने गरेका कारण पनि किसान पछिल्लो समयमा आधुनिक जातका आँपखेतीमा लागेका छन् ।

आयातित आँपको व्यापारले नेपाली कृषकले नेपालमै उत्पादन गरेको आँपको बजार मूल्य सस्तिएको किसानको गुनासो छ । नेपाली  किसानले आँपको फलमा विषादी कम प्रयोग गर्ने गरेका कारण पनि केही ढिलो पाक्ने गरेको र भारतीय बजारबाट नेपाली बजारमा आँप आउने गरेका कारण नेपाली कृषकले उत्पादन गरेको आँपको मूल्य सस्तिएको पाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा