२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली प्रदेश समाचार : समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माण

२०७७, १० असार बुधबार ०५:१४

हेमन्त केसी । असार १०, जाजरकोट। कर्णाली प्रदेश सरकारले समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माणकार्य जारी राखेको छ । जाजरकोटमा रु दुई करोड ७० लाखमा ११ कृषि सडक निर्माण भइरहेको र रु चार करोड २५ लाखमा २२ वटा सिँचाइ योजना सञ्चालनमा रहेको कृषि सेवा कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । 

यीमध्ये ७० प्रतिशत योजना सम्पन्न भइसकेका छन् । बाँकी ३० प्रतिशत योजना निर्माणको अन्तिम चरणको पुगेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कृषिजन्य वस्तु उत्पादनका लागि पकेट क्षेत्र भएका ठाउँमा सडक र सिँचाइ सुविधा उपलल्ध गराइएको कार्यालयले जनाएको छ । नलगाड नगरपालिका–७ खगेनमा खेतीयोग्य जमीन धेरै भए पनि सिँचाइ नहुँदा समस्यामा परेका कृषकलाई मध्यनजर गरी यसपटक रु २० लाखको योजना सञ्चालन निर्माणकार्य पूरा भएको छ । योजना सम्पन्न भएसँगै यहाँका ५० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । कृषकलाई बीउ, सिँचाइका लागि पाइप (सहायक लाइन), प्लाष्टिक टनेल, विषादी प्रयोग गर्ने भाँडासमेत वितरण गरिएको छ । 

घर नजिकैबाट पानी बगे पनि अर्थाभावका कारण सिँचाइ गर्न नपाएर हैरान भएका जुनिचाँदे गाउँपालिका–१ सानीआग्रीका ३० घरधुरी यसपटकदेखि १२ महिना सिँचाइ सुविधा उपभोग गर्न पाउने भएका छन् । अधिकांश दलित समुदाय भएको यहाँ वर्षेबाली आकाशे पानीको भरमा लगाउने भए पनि हिउँदयाममा भने खेतबारी बाँझै रहने गरेका थिए । यो वर्ष सिँचाइ सुविधा पुगेसँगै अब यहाँका जमीन बाँझो नरहने स्थानीयवासी लोकबहादुर बुढाले बताउनुभयो । उहाँले पाँच वर्ष अघिदेखि योजना माग गरे पनि बल्ल पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

बाँच्ने आधार तय हुने जमीनमा सिँचाइ सुविधा पुगेर अब बाह्रै महिना खेती गरी हराभरा बनाउने ढोका खुलेको भन्दै सानीआग्री सिँचाइ योजनाका अध्यक्ष अम्बरबहादुर बुढाले गाउँवासीमा धेरै खुशी थपिएको सुनाउनुभयो । त्यस्तै ६० घरघुरीभन्दा बढी सर्वसाधारण बसोबास गर्ने छेडागाड नगरपालिका–११ झार्पामा पनि सिँचाइ सुविधासम्पन्न भएको छ । यहाँ रु ५० लाखमा छट्केखोला सिँचाइ योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिनुभयो । झार्पाका गाउँगाउँमा पानीको नहर पुगेसँगै कृषिजन्य वस्तु उत्पादन गर्न सजिलो भएको अध्यक्ष शाहीले खुशी व्यक्त गर्दै भन्नुभयो ।

 उता कुशे गाउँपालिका–८ मालुतरामा सिँचाइ सुविधा आधा निर्माण गरिएको छ । प्रदेश सरकारले दिएको रु १५ लाखमा आधा काम भएको र अर्को वर्ष बजेट थप गरेमा मात्र यहाँका सर्वसाधारणले राम्रोसँग सिँचाइ सुविधा उपभोग गर्न पाउने भएका छन् । एक सय १० घरधुरी रहेको मालुतरामा अब रु १० लाख आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र रोकायले जानकारी दिनुभयो । अधिकांश पाखो जमीन रहेको मालुतरामा सिँचाइ योजना सम्पन्न भएसँगै यहाँका सर्वसाधारण सिँचाइ सुविधाको पहुँचमा पुग्ने छन् । सिँचाइ सुविधा पुगेको ठाउँमा कार्यालयले सिँचाइ गर्न, औषधि प्रयोग गर्नका लागि विभिन्न उपकरणसमेत वितरण गरेको छ । त्यस्तै कृषिजन्य वस्तु उत्पादन भई बजारीकरण गर्न कृषि सडक निर्माण कार्यसमेत जारी रहेको छ ।

 यो सँगै अहिले जिल्लाभरि समस्या र प्रथामिकताका आधारमा कृषि विकास कार्यालयले योजना निर्माणकार्य जारी राखेको छ । जुनिचाँदे गाउँपालिकामा ओखरका बिरुवासमेत वितरण गरी अर्को वर्ष फल दिने सम्भावना बढेको छ । त्यस्तै जैविक उत्पादनका लागि जिल्लाका कुशे गाउँपालिकामा विभिन्न कामहरु भएको सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यको इच्छानुसार केही योजना सञ्चालन भएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा त्यस्ता योजना प्रदेशसभा सदस्यले सञ्चालन गर्नुभएको छ । 

 जिल्लाको कूल जमीन दुई लाख २२ हजार ८८१ हेक्टर रहेको छ । यसमध्ये कूल खेतीयोग्य जमीन २५ हजार ३८४ हेक्टर छ । त्यसमध्ये १६ हजार ६९८ हेक्टरमा खेती गरिएको छ । सात हजार ९११ हेक्टरमा सिँचाइ गर्न सक्ने अवस्था रहेको छ । चार हजार ९६९ हेक्टरमा मात्र वर्षभरि सिँचाइ गर्न सक्ने अवस्था छ । सबैभन्दा बढी जाजरकोटमा मकैबाली उत्पादन हुने गरेको छ । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै