Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

‘फाल्ने छैनौँ बाहिर फोहर, हुनेछ घोराही सफा शहर’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १०, नारायणपुर । दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि रु पौने दुई अर्बको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाकोे सातौँ नगरसभामा आज उपप्रमुख सीता सिग्देलले रु एक अर्ब ८५ करोड २२ लाख ९३ हजारको बजेट प्रस्तुत गर्नुभयो ।

उपमहानगरले चालुतर्फ रु एक अर्ब आठ करोड ५७ लाख २२ हजार अर्थात् ५८ दशमलव ६० प्रतिशत र पूँजीगततर्फ रु ७६ करोड ६५ लाख ७१ हजार अर्थात् ४१ दशमलव ४० प्रतिशत बजेट विनियोजन गरेको छ ।

उपमहानगरले १९ वडालाई रु ९० लाख विकास बजेट र रु १० लाख वडा कार्यालय व्यवस्थापनमा बजेट छुट्याएको छ ।  ‘फाल्ने छैनौँ बाहिर फोहर, हुनेछ घोराही सफा शहर’ भन्ने भावना जागृत गराउँदै सरसफाइतर्फ रु ५९ लाख ५० हजार, विपन्न वर्गको विकासका लागि रु ७८ लाख, कानूनी सहायता कोषका लागि रु ११ लाख ३० हजार विनियोजन गरिएको छ ।

महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग, लोपोन्मुख जनजाति र  मुसलमान महिलाको सशक्तीकरणका लागि रु ७६ लाख ३८ हजार बजेट विनियोजन भएको छ ।