२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरका स्थानीय तहको प्राथमिकता कृषि र स्वास्थ्य, कहाँ कति बजेट ?

२०७७, ११ असार बिहीबार १४:३१

असार ११, कंचनपुर | कञ्चनपुरका पाँच वटा स्थानीय तहले कृषि, पशुपालन, स्वास्थ्य, रोजगारीमुखी कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको विकासजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन सार्वजनिक गरेका छन् । बुधबारको सभामा ती स्थानीय तहले आव २०७७/०७८ का लागि बजेट विनियोजन गरेका हुन् ।

बेदकोट नपाको बजेट रु ७२ करोड 

कञ्चनपुरको बेदकोट नगरपालिकाकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ७२ करोड ४० लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाको सातौँ नगरसभाबाट बजेट पारित भएको छ । बजेटमा स्वास्थ्य, कृषि, पशुपालनलगायत बजेटका प्राथमिकतामा परेका छन् ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि १०० श्ययाको आइसोलेसन भवन निर्माण, दमकल, एम्बुलेन्स, शवबाहनलगायत स्वास्थ्य सामग्री, औषधि, उपकरणका लागि  रु चार करोड बजेट विनियोजन गरिएको नगर प्रवक्ता नरेश सिंहले बताउनुभयो । 

पुनर्वास नपाको बजेट रु ६७ करोड 

पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ लागि रु ६७ करोड १० लाखको बजेट विनियोजन गरेको छ । नगरसभाबाट पारित बजेटमा स्वास्थ्य, कृषिका साथै विदेशबाट आएका व्यक्तिलाई स्वरोजगार बनाउनेलगायत प्राथमिकतामा राखिएको नगर प्रमुख जिवनराज थापाले बताउनुभयो ।  

“कोरोना भाइरस नियन्त्रण र स्वास्थ्यका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेका छौँ”, नगर प्रमुख थापाले भन्नुभयो, “विपद् व्यवस्थापनमा पनि एक करोड पाँच लाख बजेट विनियोजन गरिएको छ ।” पहिलो पटक नगरपालिकाले जैविक विविधताले भरिपूर्ण प्याराताललाई पर्यटकीय क्षेत्रका रुपमा विकासका गर्नका लागि बजेट विनियोजन गरेको छ ।

वैदेशिक रोजगारीबाट घर फर्केका व्यक्तिलाई कृषिलगायत आयआर्जनका पेशामा आबद्ध गराउनका लागिसमेत बजेटमा व्यवस्था गरिएको छ । नगर क्षेत्रमा उत्पादित कृषि तथा फलफूलजन्य वस्तुको भण्डारण गर्नका लागि कोल्ड स्टोर निर्माणको कार्यले समेत बजेटमा प्राथमिकता पाएको छ । कृषि, पशुपालन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ ।  

महाकाली नपाको बजेट रु ५४ करोड ७१ लाख 

महाकाली नगरपालिकाले आव २०७७/०७८ का लागि रु ५४ करोड ७१ लाखको बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमा स्वास्थ्य क्षेत्रका लागि रु दुई करोड २५ लाख, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु एक करोड बजेट विनियोजन गरिएको नगर उप प्रमुख चिनी गिरीले बताउनुभयो । नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतमा राखी बजेट विनियोजन गरेको छ । उहाँका अनुसार शिक्षामा रु ८० लाख र कृषिमा रु ३० लाख बजेट विनियोजन गरिएको छ । 

कृष्णपुर नपाको बजेट रु ८८ करोड 

कृष्णपुर नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७/०७८ को लागि रु ८८ करोड १३ लाख ८४ हजार २४० बजेट विनियोजन गरेको छ । नगरपालिकाले कृषि र रोजगारलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषिलाई निर्वाहमुखीबाट रोजगारमुखी बनाउन ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई बजेटमा निरन्तरता दिईएको छ ।  

पारित बजेटमा ‘मेयर कृषि कार्यक्रम’ को निरन्तरता, व्यावसायिक पशुपालन र तरकारी खेतीमार्फत गरिबी निवारणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ । टोल फ्री नम्बरको स्थापना गरी ‘हेलो किसान कार्यक्रम’ सञ्चालन गर्न बजेट छुट्याइएको छ ।

खानेपानी तथा सरसफाइअन्तर्गत फोहोरमैला व्यवस्थापनमा संलग्न जनशक्तिको उत्प्रेरणा बढाउनमा जोड दिई फोहोरमैला व्यवस्थापनमा उचित मापदण्ड अपनाई दण्ड र जरिवानालाई प्रभावकारी बनाई ‘फोहोरलाई मोहरमा’ परिणत गर्ने योजनासमेत बजेटमा समावेश गरिएको छ । 

वित्तीय क्षेत्रअन्तर्गत लघुवित्त संस्थालाई नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न स्वीकृति लिने र प्रत्येक क्रियाकलाप नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्रै सञ्चालन गर्ने कार्यको थालनी गरी नियमन गर्ने नीति बजेटमा समावेश गरेको छ ।

शुक्लाफाँटा नपाको बजेट रु ६९ करोड 

शुक्लाफाँटा नगरपालिकाले आव २०७७/०७८  का लागि रु ६९ करोड पाँच लाख १३ हजार बजेट विनियोजन गरेको छ । सातौँ नगरसभामा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख तुलसीदेवी हमालले बजेटमा कृषि, पशु, स्वास्थ्य, रोजगारी सिर्जना गर्ने कार्यक्रम र पूर्वाधार विकासलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो । 

नगरसभामा आगामी आवका लागि आर्थिक विधेयक २०७७, विनियोजन विधेयक २०७७, कारोना रोकथाम तथा नियन्त्रण गर्न, बन्दाबन्दीका बेला राहत वितरण गर्ने, क्वारेन्टिन व्यवस्थापन तथा आइसोलेसन व्यवस्थापनका लागि विभिन्न शीर्षकको रकम योजना परिवर्तन गर्न नगरसभामा पेश गरिएको छ । 

 आब २०७७/०७८ मा विनियोजित शीर्षकमा बजेट अपुग हुने भएकाले बचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकमान्तर गर्न नगरसभामा पेश गर्ने, नगरपालिकामा ज्यालादारी तथा करारमा कार्यरत कर्मचारीलाई आव २०७७/०७८ मा म्याद थप गरी कामकाजमा लगाउन आवश्यक देखिएकाले म्याद थप्नका लागि नगरसभामा पेश गर्ने प्रस्ताव गरिएको छ । 

नगरसभामा नगर उपप्रमुखले बजेट प्रस्तुत गरे पनि बजेट भने पारित हुन सकेको छैन । बजेटका केही बुँदा नगरसभाका सदस्यले परिमार्जन गर्नका लागि सुझाव पेश गरेपछि नगरसभा स्थगित भएको छ । नगरसभा पुनः असार २१ गते बस्ने गरी स्थगित गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ