2026-09-12 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आफ्नो नाममा टुक्रा जमीन छैन, कसरी परिवार पाल्ने ?

हेमन्त केसी। असार १८, जाजरकोट। नदीको किनारमा सानो खरले छाएको घर ।  घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म कुशे गाउँपालिका–५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो ।

“जेठो छोरा भर्खरै जन्मिएको थियो, माछा मार्ने काम बन्द गरी फलामबाट भाँडा बनाउनतर्फ लागेँ”, गणेशले भन्नुभयो, “माछा मारेर परिवार पाल्न नसक्ने अवस्था आएपछि फलामको भाँडा बनाएर परिवार पाल्ने विकल्पको खोजी गरेको हुँ । अहिले मेरो घरमा छ छोराछोरीसहित आठ जना छौँ ।”  पेशा बदले पनि गणेशको समस्या अझै हल भएको छैन । उहाँको एकतलाको खरले छाएको कच्ची घर छ तर जुन घर निर्माण गरी गणेश बसिरहनुभएको छ, सो घर निर्माण गरेको जग्गासमेत उहाँको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुन् ।

वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमती फूलमायाको दिन बित्ने गर्छ । छिमेकीको घरमा छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ ।

दुब्ला, पातला देखिने स–साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । “बिहान खाए बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ”, फूलमायाले भन्नुभयो, “गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधा तलो कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।”

फूलमायाले छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाउनुभयो । “फलामको भाँडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ”, गणेशले भन्नुभयो । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य भएको अर्का कर्णबहादुर बादीले पीडा पोख्नुभयो  । “मादल बनाउन काठ चाहिन्छ ? तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैनन् अनि हाम्रो पेशा कसरी चल्छ ?”, कर्णले भन्नुभयो । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उहाँको भनाइ छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उहाँको भनाइ छ ।

 उहाँजस्तै कुशे गाउँपालिकामा मात्र ३० घरभन्दा बढी बादी समुदायका मानिसको बसोबास छ । कसैको पनि आफ्नो जमीन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशेमा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमीन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्र्घषमा रहेको बताएका छन् ।

 केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएका यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छ । उनीहरु अब आफैँ आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताएका छन् । उनीहरुको इच्छा, स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् भन्ने बादी समुदायको माग छ । जिल्लाका अन्य ठाउँमा समेत बादी समुदायको बसोबास छ । नलगाड नगरपालिका–७ दल्लीमा रहेका बादी समुदायलाई स्थानीय सरकारले जीविकोपार्जनका लागि आधार तयार गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

“अब सबै बदलिनुपर्छ, सधैँ एउटै काम गरेर हुँदैन”, नगरप्रमुख रावलले भन्नुभयो, “सीपमूलक कामका लागि बजेट दिएर हामीले बादी समुदायका साथीलाई दुई वर्षदेखि सहयोग गर्दै आएका छौँ, अन्य पनि बजेट दिन तयार छौँ, तर काम हुनुपर्यो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ