२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय गौरवका योजनाका नाममा नदीजन्य पदार्थ दोहन

२०७७, १९ असार शुक्रबार ०४:४७

असार १९, सर्लाही । जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्तीनै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिफरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयले बताएका छन् । लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि सोझै भारत जाने गरेको स्थानीयले बताएका छन् । 

लालबन्दी नगरपालिका ६, १५, १६ र १७ को सिमाना पर्ने कालिन्जोर खोलाबाट निकालिएको नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा स्टोरमा सङ्कलन भएपश्चात बाहिर निर्यात हुने गरेको पाइएको हो । नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने टिपर तथा ट्र्याक्टरका कारण पूर्वपश्चिम लोकमार्गका साथै शाखा सडकखण्ड भत्केर स्थानीयलाई आवतजावत गर्नसमेत समस्या भएको स्थानीय युवा रमेश अधिकारीले बताउनुभयो ।

नदीजन्य पदार्थ बोक्ने टिपर तथा ट्र्याक्टरका कारण लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न सडक भत्केर हिँड्नै नसक्ने अवस्थामा पुगेका स्थानीय अर्का युवा सुनिलकुमार साहले बताउनुभयो । खोला अनुगमन नहँुदा तथा जिल्ला समन्वय समिति र स्थानीय तहको मिलेमतोमा जिल्लाका खोला दोहनले तीव्रता पाएको छ ।

खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढङ्गले उत्खनन हुँदासमेत सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदीएको लालबन्दीका स्थानिय युवा लक्ष्मण खड्काले बताउनुभयो । लालबन्दी नगरपालिकाको कालिन्जोर, फुजोर लखन्देही खोलामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत जथाभावी खोला ‘दोहन तथा उत्खनन’ हुँदा समेत सम्बन्धित निकायले वास्ता नगरेको यस क्षेत्रका स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय प्रहरीलाई जानकारी दिँदा पनि प्रहरीले कुनै वास्ता नगर्ने गरेको स्थानीयवासीको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजस्व सङ्कलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा ठेकेदारको मनोबल बढ्दै गएको हो । ठेकेदारले हालसम्म कति उत्खनन, भण्डारण र बेचबिखन गरे भन्ने विवरण लालबन्दी, ईश्वरपुर र वाग्मती  नगरपालिकासँग पनि छैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु