2026-09-13 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप

विमलबहादुर विष्ट । असार १९, डोटी। पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो । अन्य वर्षजस्तै डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंकलगायत निजी क्षेत्रका बैंकका शाखा कार्यालयमा सेवाग्राही चाप देखिएको छ । सेवाग्राहीको चाप बढेपछि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै यहाँका बैंक कर्मचारीले सावधानी अपनाएर रकम भुक्तानी गर्न थालेका छन् ।

असारको शुरुआतदेखि नै बैंकमा उपभोक्ताको निकै चाप बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य स्थानीय तहमा बैंक छैनन्, उपभोक्तका काम सरकारी बैंकमार्फत हुने भएकाले अहिले उपभोक्त समितिका पदाधिकारीका कारण लामो लाइन लाग्न थालेको हो ।” स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेहरु पनि यही समयमा राष्ट्रिय वाणिज्य बैंकमै आउने गरेका छन् । बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने र कतिपयको त पालोसमेत नआउने गरेको जिल्लाको केआइसिंह गाउँपालिकाबाट योजना सम्पन्न भएको रकम लिन आउनुभएका सेवाग्राही शङ्करबहादुर ऐरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “योजनाको रकम असार महिनाभित्रै लिइसक्नु भन्ने गाउँपालिकाले पत्र काटेको छ, यहाँ बैंकमा पालो नै आउँदैन के गर्ने गर्ने अल्मलमै छौँ ।” जिल्लामा रहेका नौ वटा स्थानीय तहमा दिपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ वटा स्थानीय तहमा अहिलेसम्म पनि सरकारी बैंक स्थापना हुन सकेको छैन । कतिपय पालिकामा निजी क्षेत्रका बैंक स्थापना भएका भए पनि उनीहरुले गाउँमा आर्थिक कारोवार नगर्ने गरेको र उनीहरुको आर्थिक कारोवार पनि वाणिज्य बैंकबाट नै भइरहेकाले सदरमुकाममा उपभोक्ता बढी भीड लाग्ने गरेको सायल गाउँपालिका–१ का स्थानीयबासी करनबहादुर सिहंले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका केही स्थानीय तहमा निजी क्षेत्रका बैंक स्थापना भएपनि उनीहरुको आर्थिक कारोवार दिपायलमा रहेका सरकारी बैंकबाट हुने भएकाले गाउँमा खाता खोले पनि ठूलो रमकको चेक साट्न दिपायल आउनुपर्ने बाध्यता छ ।”

यहाँको जिल्ला सदरमुकाममा अन्य बेलाको समयमा सुनसान हुने गरे भए पनि असार शुरु भएदेखि निकै चाप रहेको दिपायल पिपल्लाका स्थानीय व्यापारी मोहन पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “राजधानी कैलाली सारिएसँगै जिल्ला र पुरानो क्षेत्रीय सदरमुकाम दिपायल प्रायः सुनसान थिए, अहिले असार लागेपछि उपभोक्ता समितिका मान्छे आएपछि चहलपहल र भीडभाड एकाएक बढेको छ ।” जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमै आएर उपभोक्ताको भीडभाड बढेको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण लकडाउन हुँदा जेठमै सम्पन्न भएका योजनाको भुक्तानीका लागि चेक दिन सकेनौँ, अहिले अवस्था केही सहज भएकाले भुक्तानीका लागि पत्र दिन थालिएपछि भीड बढ्न थालेको हो ।” निजी क्षेत्रका केही बैंकले पालिकामा आफ्ना शाखा स्थापना गरे पनि अहिलेसम्म गाउँमा सुरक्षाको कारण देखाउँदै आर्थिक कारोवार गर्न नसकेको स्थानीयवासी बताउँछन् । 

गत वर्षको साउन महिनामै स्थानीय तहमा सरकारी बैंक स्थापना हुने भनिए पनि सुरक्षा, सडक सुविधा विद्युत्लगायत कारणले बैंक स्थापना गर्न नसकिएकोे राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर विष्टले जानकारी दिनुभयो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा पेन्सनधारी कर्मचारी, पालिकाका कर्मचारी, तथा स्थानीय नागरिक बैंकिङ कारोवार तथा तलबभत्ताका लागि जिल्ला र क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका बैंकमा धाउन बाध्य भएका छन् । दिपायलमा चहलपहल बढेसँगै यहाँको व्यापार व्यवसाय पनि बढेको अमरपुष्तक भण्डार पिपल्लाका व्यापारी सर्वजित देउवाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन