2026-09-12 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेरीगाउँ–हाँसिवाङ खण्ड कालोपत्रेको काम शुरु

असार २४, रुकुमपश्चिम । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको रुकुम(पश्चिम) खण्डमा कालोपत्रेको काम शुरु भएको छ । जिल्ला समन्वय समितका प्रमुख राजकुमार शर्माले शेरीगाउँ–हाँसिवाङ सडकखण्ड कालोपत्रेको काम उद्घाटन गर्नुभयो । 

अन्य खण्डमा धमाधम कालोपत्रेको काम भइरहँदा जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका –५ शेरीगाउँदेखि सानीभेरी गाउँपालिकाको हाँसिवाङ खण्डमा काम हुन सकेको थिएन । अन्य खण्डका तुलनामा निकै ढिलो गरी ठेक्का लागेपछि आजदेखि सो खण्डमा कालोपत्रेको काम शुरु भएको हो । बाह्र किलोमिटर लामो सो खण्डको कालोपत्रेको जिम्मा दिवा–यती जेभीले पाएको छ । गत जेठ २८ गते सम्झौता भएकामा आजदेखि काम शुरु भएको हो । रु ४४ करोड नौ लाख दुई हजार २९८ र पैसा ७६ मा सम्झौता भएअनुसार सो खण्ड कालोपत्रेको काम २०७९  मङ्सिर २७ गते अर्थात् ३० महिनामा सक्नुपर्ने प्रावधान छ । डबल कटिङ, वाल, ग्याबिन वाल, नालीसहित सडक कालोपत्रे गरिने निर्माण कम्पनीका साइट सुपरभाइजर हीरालाल केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडकको कुल लम्बाइ १२ किमी र चौडाइ नौ मिटर हुने छ भने साढे ७ मिटर कालोपत्रे गरिने छ । डेढ मिटर भने नाली र वालले ओगट्ने सुपरभाइजर केसीले बताउनुभयो ।  जिल्लामा विभिन्न खण्डमा विभाजन गरेर मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम भइरहेको छ । केही खण्डमा कालोपत्रेको काम सकिएको छ भने केहीको अन्तिम चरणमा  छ । साविकको सिङ्गो रुकुम जिल्लामा कुल आठ खण्ड रहेकामा रुकुम(पश्चिम)मा पाँच खण्ड पर्छन् । सोमध्ये मुसीकोट नगरपालिकाभित्र पर्ने शीतलपोखरी–बैरीदह खण्डमा कालोपत्रेको काम सकिसकेको छ । अन्य तीन खण्डमा  काम चलिरहेको छ । 

जिल्लामा पर्ने सबैभन्दा अप्ठ्यारो खण्डका रुपमा रहेको शेरीगाउँ–हाँसिवाङ खण्डमा कालोपत्रेको काम शुरु नहुँदा सवारी साधनसहित नागरिकले सास्ती भोग्दै आएका छन् । सो खण्डमा पर्ने मुसीकोट नगरपालिका –३ खरखरेमा वर्षामा पहिरो झर्ने तथा हिउँदमा ढुङ्गा र गिट्टीले सवारी साधनसहित नागरिकलाई आवतजावतमा ठूलो समस्या पर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ