Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरवीदेवीमा सुनको छाना लगाउन थालियो

२०७७, २९ असार सोमबार ०४:३८

असार २९, बेत्रावती । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत रु चार करोड ५९ लाखमा निर्माण भइरहेको मन्दिरको लक्ष्यभन्दा केही ढिलाइ गरेर काम अन्तिम चरणमा पुगेको स्मारक संरक्षक तथा नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार प्यागोडा शैलीमा निर्माण गरिएको दुई तले मन्दिरको माथिल्लो तलामा सुनको छाना राख्न थालिएको छ भने तल्लो तलाको छाना टायल लगाई यसअघिको स्वरूपमा बनाउन लागिएको हो ।

पुरातत्व विभागका इन्जिनीयर गोविन्द अधिकारीका अनुसार तामाको पातामा सुनको जलप लगाई छाना बसाल्न अहिले एक किलो सुनको जलप लगाउँदै छाना राख्ने काम भइरहेको छ । छाना राख्ने काम पूरा गर्न करिब एक साता लाग्ने छ भने छानामा एक किलोग्राम ३० तोला सुन लाग्ने अनुमान छ । शाके सम्वत्मा निर्माण गरिएको भैरवीदेवी मन्दिरको आधुनिक समयमा गरिएको पुनःनिर्माणमा परम्परागत मौलिकतालाई नै कायमै राखेर बनाउने सम्झौताअनुसार पेरा/तुलसी, गुल्लीभर वल्ड जेभी कम्पनीले निर्माण गरेको हो । 

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुर्याएको मन्दिरको पुनःनिर्माण पुरातत्व विभागमार्फत भए पनि मन्दिर परिसरका नुवाकोट दरबारसहित दरबार क्षेत्रका विभिन्न १० पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाको पुनःनिर्माण चीन सरकारमार्फत गर्न लागिएको छ । एक वर्षअघि भएको सम्झौताअनुसार ४५ महिनामा निर्माण सक्ने गरेर चिनियाँ टोलीले गत वर्षको असारबाट दरबारको पुनःनिर्माण शुरु गरेको थियो । तत्काल थप क्षति हुन नदिन खटसहितको टेको दिएर छाना लगाएको चिनियाँ टोलीले कोरोना रोगको सङ्क्रमणका कारण कार्यक्षेत्रमा नफर्कँदा हाल पुनःनिर्माण रोकिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू