२६ किलोमिटर सडक कालोपत्र हुने

साझासवाल
2 Min Read

साउन २, कैलाली | कैलालीका दुई वटा नगरपालिकामा एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरी २६ किलोमिटर सडक कालोपत्र गर्नका लागि सम्झौता गरिएको हो । धनगढीले बजार क्षेत्रका १० किलोमिटरका सात वटा सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको सो एकाइले जनाएको छ ।  दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चितवनको कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको आयोजना कार्यान्वयन एकाइका व्यवस्थापक परिचित कडरियाले बताउनुभयो ।

उहाँका अनुसार धनगढीमा पहिलो चरणअन्तर्गत १० किमीका सात वटा सडक रु ६८ करोड पाँच लाख ९८ हजारमा निर्माण गर्ने गरी सम्झौता भएको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्म एक दशमलव ३८ किमी, गुल्म–चर्च सडक दुई दशमलव सात किमीको, जाखोर ताल सडक ७०० मिटर, क्याम्पस गेट–चटकपुर सडक तीन दशमलव ६५ किमी,  धनगढी–खुटिया–स्याउले सडक ८७० मिटर, मालपोत सडक ४३० मिटरको र हसनपुर सडक एक दशमलव १५ किमीको कालोपत्र गरिने जनाइएको छ ।

एकाइका अनुसार धनगढी उपमहानगरपालिकामा २३ वटा सडक कालोपत्र गर्ने योजना रहेकामा पहिलो चरणमा सात सडक मात्र कालोपत्र हुनेछ । कैलालीको गोदावरीमा लागू भएको आयोजनाअन्तर्गत ४८ करोड बढी लागतमा निर्माण हुने १६ किमी सडक दुई वर्षभित्र कालोपत्र गर्न शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ र कालिका कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको छ । सम्झौताअनुसार गेटा आँखा अस्पताल–लालपुर, गेटा आँखा अस्पताल–जोनापुर सडक, लालपुर–गौडी सडक, कत्था फ्याक्ट्री सडक, अत्तरिया–नमस्ते होटेल जाने सडक, चौकीडाँडा–चाक्ले खोला सडक कालोपत्र हुनेछ । सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको भीमदत्त, शुक्लाफाँटा नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना लागू भएको जनाइएको छ । रासस

Share This Article
Leave a Comment

Leave a Reply