२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकमार्गको टाउको दुखाइ बन्यो बोक्से

८ श्रावण २०७७, बिहीबार ०८:१५

खेमराज गौतम । साउन ८, गलकोट। जिल्लाको ‘लाइफलाइन’ मध्यपहाडी लोकमार्गको बागलुङ–बूर्तिवाङ सडक पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । बागलुङ नगरपालिका–३ स्थित बोक्सेगैरामा मङ्गलबार बिहान खसेको पहिरोले अवरुद्ध बनेको लोकमार्ग बेलुका एकतर्फी सञ्चालनमा आएको थियो । भौगोलिक हिसाबले निकै जटिल तथा बलौटे माटोका कारण समस्याग्रस्त बोक्से बुधबार बिहानैदेखि पुनः अवरुद्ध भयो । दिनभर लोकमार्गले पहिरो खुलाउने काम गरे पनि असफल भयो । 

बोक्सेगैरामा वर्षौँदेखि पहिरो खस्ने, सडक हिलाम्य हुने र गाडी फस्ने समस्या छ । यसका बारेमा दैनिकजसो यात्रुले सुधार र स्तोरन्नतिका लागि पहल र दबाब दिइरहे पनि केही सुधार हुनसकेका छैन । यसबाट जिल्ला सदरमुकाम आसपासका नागरिकले मात्र होइन दूर मानिएका ढोरपाटन, निसिखोला र तमानखोलाका पक्की सडकमा सरर यात्रा गर्दै आएका नागरिकले समेत ठूलो सास्ती पाइरहेका छन् । 

पहिरो खुलाउनका लागि दिनभर पहल र प्रयास जारी राखिए पनि लगातारको वर्षाले पहिरो नरोकिएको र स्थानीयवासीबाट पहिरोको माटो फाल्ने कार्यमा अवरोध भएपछि समस्या भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । “हामीले आवश्यक औजार र प्राविधिक खटाएका छौँ, पहिरो पन्छाउँदा सडकमुनिका बस्ती जोखिममा पर्ने गुनासो आएको छ”, थापाले भन्नुभयो “तत्कालै पहिरो हटाउन समस्या छ, पहिरोको माटो अन्तै लगेर फाल्न त दुई तीन दिन लाग्ला ।” 

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको लोकमार्ग बर्सातका कारण बाढी पहिरोले कतै भासिने र कतै कालोपत्र उक्किने र पुरिने गर्दा सवारी आवागमन असहज बनेको गलकोट नगरपालिका–७ मल्मका याम सुनारले गुनासो गर्नुभयो । सवारी हिलोमा फसेर सास्ती त भएकै थियो त्यसमाथि पटक–पटक अवरुद्ध हुँदा समस्या सिर्जना भएको छ । 

बोक्से मात्र हैन काठेखोला, गलकोट, बडिगाड, ढोरपाटन र निसिखोलाका विभिन्न स्थानमा पहिरो खस्ने गरेको छ । लोकमार्ग अवरुद्ध हुनासाथ एकतर्फी खुलाउने नीतिका साथ तत्कालै पहल भए पनि बोक्सेमा ठूलो समस्या आएको आयोजनाको भनाइ छ । बोक्सेको पहिरोले सडकमुनिका तीन घर पहिरोको उच्च जोखिममा परेको छ ।  

सडक माथिबाट आएको पहिरो पन्छाएर सडक तल फाल्दा घर नै पुरिने थालेकाले पहिरोको माटो अन्यत्र लगेर फाल्नुपर्ने स्थानीयवासी गीता रेग्मीले बताउनुभयो । “लोकमार्ग सञ्चालन नहोस् भन्ने हाम्रो चाहना होइन तर पहिरोको दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक छ”, रेग्मीले भन्नुभयो, “लोकमार्ग पन्छाउने निहुँमा घरमाथि माटो फाल्दा झनै समस्या भएको हो ।” पहिरो पन्छाउँदा घरको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । लोकमार्ग सडक खण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको स्थानीयवासीको आरोप छ । 

बाढीको त्रासले जाग्राम बस्दै माझी बस्ती

अविरल वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रका बस्ती उच्च जोखिममा परेका छन् । बागलुङ तथा पर्वत जिल्लाको आसपासमा रहेका कालीगण्डकी किनारका माझी बस्ती पनि बाढीको उच्च जोखिममा परेका छन् । केही दिनदेखिको निरन्तर वर्षाले नदीहरूमा पानीको बहाव बढेको छ । 

कालीगण्डकी बहेको बागलुङ तथा पर्वत जिल्लाको तटीय क्षेत्रका माझी बस्तीका बासिन्दा नदीको बहाव बढेसँगै जाग्राम बस्न थालेका छन् । मालढुङ्गामा रहेको कालीगण्डकी किनारका माझी बस्ती बाढीको उच्च जोखिममा परेका कारण उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ ।

हिउँद र बर्खाको समयमा क्रसर सञ्चालक तथा बालुवा उठाउने ठेकेदारहरुले मनोमानी ढङ्गले डोजर चलाएर बालुवा झिक्ने गर्दा अहिले आफूहरुको बस्ती जोखिममा परेको माझी बस्तीका स्थानीय धनीकला थापाको गुनासो छ । 

“बाह्रैमास क्रसर व्यवसायीले कालीगण्डकी नदीमा ठूला औजारको सहायताले बालुवा निकाल्छन्, बर्खा लाग्यो भने बाढी जति हाम्रो घरमा आउँछ”, उहाँले भन्नुभयो, “सरकारले पनि रोक्दैन, घर बगाउँछ कि भन्ने चिन्ताले रात दिन सताउने गरेको छ ।” धनिकला थापाले भने जस्तै हिउँद र बर्सातको समय कालीगण्डकीमा बालुवा झिक्नेको भीड देखिन्छ । 

यसतर्फ पर्वत तथा बागलुङ दुवै जिल्लाका प्रशासन मौन देखिन्छन् । पानी पर्दा बस्तीनै बगाउने डरले बेला बेलामा नदीको बहाव कति छ भनेर हेरिरहने र जाग्राम बस्ने गरेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ । “साना–साना बच्चा छन्, रातभर पानी प¥यो भने उनीहरुलाई पनि सुत्न नदिई जाग्राम बस्ने गर्छौँ”, उहाँले भन्नुभयो “बस्ती तल बाढी र बस्ती माथिबाट पहिरो आउने चिन्ताले बढी सताउने गरेको छ ।” हरेक वर्ष नदी किनारका बस्ती डुबानमा पर्नाका कारण जथाभावी नदीको दोहन गर्नु नै भएको स्थानीयवासी माझी समुदायको गुनासो रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य