2026-09-12 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चालू आर्थिक वर्षलाई उद्योग वर्षका रुपमा स्थापित गरिने

साउन १८, रुकुमपश्चिम। स्थानीयस्तरमा उद्योगको सङ्ख्या र उत्पादन बढाउन रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ लाई उद्योग वर्षका रुपमा स्थापित गर्ने भएको छ । नगरपालिकाले विभिन्न वस्तु उत्पादनका लागि नगरभित्र प्रशस्त उद्योग स्थापनालाई यो वर्ष विशेष जोड दिने भएको हो । 

स्वीटर, ट्राउजरलगायतका लत्ताकपडामा आत्मनिर्भर बन्ने उद्देश्यले नगरपालिकाले यो वर्ष उद्योग स्थापनालाई जोड दिन लागेको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । त्यस्तै नगरमै निर्माण सामग्री उत्पादन गर्नका लागि पनि उद्योग स्थापनालाई नीति तथा कार्यक्रममार्फत विशेष जोड दिइएको उहाँको भनाइ छ । 

नगरवासीलाई आवश्यकपर्ने लत्ताकपडा नगरपालिकामै उत्पादन गर्ने र आवश्यक विभिन्न निर्माण सामग्री पनि नगरभित्रै उत्पादन गरेर बाहिरको आयातलाई केहीरुपमा भए पनि कम गर्ने उद्देश्यले यो वर्षलाई उद्योग वर्षका रुपमा स्थापित गर्ने गरी नीति, कार्यक्रम र बजेट निर्माण गरिएको नगरप्रमुख केसीले बताउनुभयो । 

“कुन उद्योगका लागि कति सहयोग गर्ने भन्ने कार्यविधि भने नीति तथा कार्यक्रमका आधारमा बनाउँछौँ र त्यसका आधारमा उद्योग स्थापनाका लागि बजेटको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो, “सानादेखि ठूला उद्योग स्थापना गरेर नगरलाई आद्योगीकरणतर्फ मोड्ने हाम्रो लक्ष्य छ ।”

उद्योग स्थापनाका लागि नगरपालिकाले निव्र्याजी ऋणको समेत व्यवस्था गर्ने भएको छ । स्थानीय वित्तीय संस्थामार्फत उद्यमीलाई ऋणको व्यवस्था गरिदिने र त्यसको व्याज नगरपालिकाले व्यहोर्ने गरी कार्यक्रम बनाइएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । यसबाट उद्योग स्थापनामा लाग्नका लागि उद्यमीलाई प्रेरणा मिल्ने उहाँको विश्वास छ ।

त्यस्तै नगरपालिकाले निर्यात व्यापारलाई सक्दो सहयोग गर्ने तथा बजार भाउ नियन्त्रण गर्न र गुणस्तरीय उपभोग्य सामग्रीको बिक्रीवितरण हुने व्यवस्था गर्न निरन्तर निगरानी र प्रयास गर्ने भएको छ । नगरपालिकामा उद्योग स्थापना गरी त्यसमा बेरोजगारलाई रोजगारी दिने नगरपालिकाको लक्ष्य छ । रोजगारी पाउन नसकेका तथा कोभिड–१९ का कारण बेरोजगार बनेकालाई स्थानीयस्तरमा स्थापना गरिने उद्योगमार्फत रोजगार बनाउने लक्ष्य राखिएको नगरप्रमुख केसीले बताउनुभयो । 

त्यस्तै नगरपालिकाको वडा नं ९ राडी बजारमा निजी क्षेत्रसँगको सहकार्यमा सपिङ मल सञ्चालनको सम्भाव्यता अध्ययनसमेत नगरपालिकाले यसैवर्ष गर्ने भएको छ । नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएदेखि नै उद्योग स्थापनालाई जोड दिँदै आइरहेको छ ।

नगरपालिकाले स्थानीय फलफूललाई प्रशोधन गरी जुस उत्पादनका लागि जुस उद्योग, स्थानीय काठबाट प्लाइउड निर्माणका लागि टिम्बर उद्योग, स्थानीय लसुन, बेसार, अदुवालगायतका मसला उत्पादनका लागि मसला उद्योग, गार्मेन्टलगायतका उद्योग सञ्चालन गरिसकेको छ भने केही उद्योग स्थापना हुने क्रममा रहेको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले