2026-09-18 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आलु उत्पादन पचास प्रतिशत ह्रास

साउन १९, रसुवा। पकेट क्षेत्रका अवधारणानुरूप एक दशकअघिदेखि गतलाङमा रोपिएको आलु उत्पादनमा कमी आउन थालेको छ । प्रमुख बालीका रूपमा गरिँदै आएको आलुखेती विगतका तुलनामा यस वर्ष ५० प्रतिशतको हाराहारीमा उत्पादन घटेपछि  किसानमा चिन्ता छाएको छ । पार्वती कुण्डको काखमा अवस्थित आमाछोदिङ्मो गाउँपालिका वडा नं ३ गतलाङ क्षेत्रमा बसोबास गर्ने अधिकांश किसानले आलुखेती गर्ने गरेका छन् ।

उत्पादित आलु बिक्रीबाट प्राप्त आम्दानीले चामल, नुन र तेल खरीद गर्ने चलन छ । उत्पादन घटेपछि खाद्य सामग्री जुटाउन धौधौ पर्ने अवस्था आउन थालेको स्थानीय समाजसेवी मारलामा तामाङले बताउनुभयो । विगतमा वार्षिक रु चारपाँच करोडको आलु उत्पादन हुने गतलाङमा यस वर्ष रु दुई करोड आम्दानी हुन मुश्किल देखिएको बताउँदै समाजसेवी तामाङले अबका दिनमा परम्परागतभन्दा आधुनिकतातर्फ जान कृषि प्राविधिकको खाँचो रहेको उहाँको भनाइ छ । 

 गतलाङ क्षेत्रमा अहिले दुई सयभन्दा बढी किसान आलुखेतीतर्फ लागेको बताइएको छ । मकै–कोदोभन्दा आलुको उत्पादन राम्रो हुने र आय वृद्विमा समेत थप टेवा पुग्ने भएका कारण  किसानको चाहनानुरूप तत्कालीन कृषि कार्यालयले गतलाङका भूभागलाई आलुको पकेट क्षेत्र निर्धारण गरे पनि हाल कृषि प्राविधिकको उपस्थिति शून्य हुँदा रोपण गर्ने नयाँ तौरतरिका जान्न समस्या  परेको किसानले गुनासा गरेका छन् । 

स्थानीय जातका गाई, भेंडा र बाख्राका मलबाट उत्पादित प्राङ्गारिक गतलाङे आलु  प्रतिकेजी रु ३६ किसानले पाउने तय भएको बताइएको छ । वर्षे आलु गतलाङका अलावा गोल्जुङ, चिलिमे सिम्बु, तातोपानी, थुमन, बृद्धिम, भार्खु, ठूलोस्याफ्रु, हाकु, राम्चे र यार्सा क्षेत्रका किसानले समेत उत्पादन गर्ने गरेका छन् ।

हिउँदमा आलु रोपण गरेपछि प्रायःजसो समय भारी वर्षा भइँरहदा न्यून रूपमा फलेका फल कुहिने भएकाले किसानले आलु खन्ने कामसमेत शुरु गरिसकेको स्थानीय बासिन्दाले  बताएका छन् । हिमाली चिसो पानीमा उत्पादित आलु स्वादिलो हुने गरेकाले छिमेकी जिल्ला नुवाकोटका अलावा काठमाडौँ र धादिङसम्म निकासी हुने गरेको गतलाङका बुद्धिजीवी पेम्बा तामाङले जानकारी दिनुभयो । गतलाङमा वार्षिक करीब १० हजार टन आलु उत्पादन हुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई