२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्य १ लाख नाघ्यो, आजको मूल्य कति ?

२०७७, २१ श्रावण बुधबार ०६:१७

साउन २१, काठमाडौँ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यले आज नेपाली बजारमा नयाँ ‘रेकर्ड’ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ । आज एकै दिन सुनको मूल्यमा प्रतितोला रु एक हजार ६०० ले वृद्धि भएको छ । महासङ्घले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० र छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ९०० तोकेको छ । 

मङ्गलबार प्रतितोला रु २०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ३६५ पुगेको थियो । आज चाँदीको मूल्यमा पनि प्रतितोला रु ६५ ले वृद्धि भई तोलाको रु एक हजार २९५ पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमै पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस दुई हजार डलर नाघेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह