२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’ मार्फत जम्मा गर्न सकिने

२०७७, २१ श्रावण बुधबार ०७:२२

साउन २१, काठामाडौं । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ ।  सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बैंकबाट कनेक्ट आइपिएसमार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।

कोषले अनलाइन प्रणालीमार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधिमार्फत कारोवार गर्नसक्ने अवस्था सिर्जना भएको छ । यसले विश्वमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणको महामारीको विषम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए ।

कोषले शुरु गरेको अनलाइन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफू रहेकै स्थानबाट कारोवार गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आइपिएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाइसी गरेको हुनुपर्नेछ । हाललाई रु पाँच हजारदेखि रु १० लाखसम्म सापटी तिर्न सक्ने गरी कारोवारको सीमा कायम गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह