2026-09-12 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीमा बाढीले तीन हजार हेक्टर धानखेती नष्ट

साउन २३, टीकापुर । कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ ।

भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको हो । बाढीले सबै धानखेती नष्ट भएकाले उहाँको परिवारमा खाद्य सङ्कट आउने गुनासो गर्दै उहाँले भन्नुभयो, “यही खेतीको भरमा परिवारको पेट भरिन्छ, अब सबै नष्ट भयो । खेतमा धान रोपिएको थियो थिएन पत्तै छैन नहुने अवस्था आयो ।”

गोडचौराका धनराज तिमिल्सिनाको पनि एक बिघा जमिन धानखेती पूर्णरुपमा नष्ट भएको छ । “यस वर्ष डेढ बिघा क्षेत्रफलमा धान रोपेका थियौँ । दश कट्ठामा अलिअलि धान बचेको छ । बाँकी सबै नष्ट भयो”, तिमिल्सिनाले भन्नुभयो, “घर कसरी चलाउने, गुजारा कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।” भजनी–३ शत्रुधन चौधरीको पाँच कट्ठा क्षेत्रफल धान खेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँले यस वर्ष सात कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । बाढीले खेती नष्ट हुँदा उहाँ पनि चिन्तामा हुनुहुन्छ । “यति खेतमा फलेको धानले खान पुग्थ्यो, बाँकी घर खर्च ज्यालादारी गरेर चलाउँथे”, चौधरीले भन्नुभयो, “अब परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता बढेको छ ।”

उहाँजस्तै भजनी नगरपालिका क्षेत्रमा सयौँ किसानका करिब तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफल धानखेती नष्ट भएको कृषि शाखा भजनीका प्रमुख कमल चौधरीले जानकारी दिनुभयो । “बाढी डुबान क्षेत्रमा हप्तासम्म पानी जमेर रहेकाले अधिकांश किसानको धान गलेर नष्ट भएको हो”, कृषि शाखा प्रमुख चौधरीले भन्नुभयो, “कतिपय किसानको खेत पटान र कटानमा परेको छ । अधिकांश खेती पानी जमेर सडेको छ ।”

बाढीको डुबानले धानखेती नष्ट भएकाको लगत लिने कार्य आजदेखि सञ्चालन हुने र क्षतिको विवरणका आधारमा नगरपालिकाले राहत सहयोग गर्ने उहाँले बताउनुभयो । बाढीका कारण यता टीकापुर नगरपालिका ३, ६, ७ र ९ मा दर्जनौँ बिघा धानखेती नष्ट भएको छ । बाढीपछि नदी कटान बढेपछि टीकापुर–८ श्रीलङ्कामा नदी कटान तीव्र भएको छ । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले कर्णाली नदीले दर्जनौँ बिघा धानखेती कटान गरेको बताउनुभयो । “नगरपालिकाले बाढीबाट कृषितर्फ भएको क्षतिको विवरण सङ्कलन थालेको छ”, ठकुल्लाले भन्नुभयो, “विपद् व्यवस्थापन समितिले निर्णय गरेर राहतका कार्यक्रम ल्याउँछौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन