2026-09-12 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खाद्यान्न अभाव हुने जाजरकोटका चार ठाउँमा नयाँ डिपो स्थापना

साउन २५, जाजरकोट। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो ।  यसभन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो ।

बाढीपहिराबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ । पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ । 

त्यस्तै घरङ्गा, टापुचौर, रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन् । अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो । सदरमुकामसहित चौखा, घाट, दशेरा र घोगीमा पुराना डिपो रहेका थिए । अहिले सदरमुकाममा एक हजार ७००, घोगीमा ४०० र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । सबै डिपोमा चामल तत्काल पुर्याउनका लागि बोलपत्र आह्वानको काम पूरा भएकाले महिना दिनभित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ ।

खाद्यान्न आपूर्ति गर्न सडक मर्मत

बारेकोट पहिरो प्रभावित क्षेत्र दैनिक उपभोग्य सामग्री लिनका लागि सडक मर्मतको काम शुरु भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । भौतिक पूर्वाधार कार्यालयलाई तुरुन्तै नलगाड नगरपालिकाको कालीमाटीदेखि बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्सासम्मको सडक मर्मत गर्नका लागि निर्देशन दिइसकेको उहाँले बताउनुभयो । 

सडक नहुँदा बारेकोट पहिरो प्रभावित क्षेत्रमा लिने सामग्री कालीमाटीमा रोकिएपछि सडक मर्मतका लागि निर्देशन दिइएको हो । अहिले खच्चरमार्फत ढुवानी गर्दा सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्न जाँदा आर्थिक हानी भएपछि सडक मर्मतको काम शुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा