2026-09-12 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई दशकपछि औद्योगिक क्षेत्रको काम अघि बढ्दै

शेरबहादुर सिंह । भदौ ५, महेन्द्रनगर । प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक  बजेट  विनियोजन गरेको थियो । यसपछि झण्डै दुई दशक भन्दा बढी समय पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढेको हो । 

कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको वातावरणीय  प्रभाव मुल्याङ्कन स्वीकृत भएको बताउनुभयो । “लामो समयदेखि स प्रक्रिायामै उल्झन् रहेको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मुल्याङन स्वीकृत भएको छ ।”उहाँले भन्नुभयो,“ मुल्याङकन स्वीकृत भएको खण्डमा औद्योगिक क्षेत्र निमार्णको बाँकी काम सम्पन्न गर्न अब धेरै समय लाग्दैन् ।” उहाँले यहाँको वन कार्यालयको गलत रिर्पाेटिङ्गका कारणले मुल्याङकन स्वीकृत गर्न धेरै समय लागेको दाबि गर्नुभयो ।

२०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका थिए ।  मन्त्रिपरिषद्को निणर्यले पनि दैजि छेलाको चार किल्ला भित्र बनाउने निर्णय गरिसकेको नगरपालिकाले जनाएको छ ।“औद्योगिक क्षेत्रको डिपिआर बनाउने काम पनि भइसकेको छ ।” उहाँले भन्नुभयो,“अब स्थलगत रुपमा देखिने गरी काम हुन्छ ।” २०७५ साल असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजिछेला क्षेत्रमा उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि सो काम रोकिएको थियो ।

“वन कार्यालयले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, औद्योगिक क्षेत्रबाट झण्डै ७० किलो मिटर टाढा रहेको भारतमा पर्ने दुधुया नेशनल पार्कलाई औद्योगिक क्षेत्रसँग जोडिएको उल्लेख गरेको, सालको पुर्नउत्पादित क्षेत्र र जंगली जनावरको हिडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न सकिँदैन भनेर वन कार्यालयले भुटो रिर्पाेटिङ गरेपछि काम रोकिएको थियो ।” नगर प्रमुख चन्दले भन्नुभयो,“ वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालय सँग सबै कुरा स्पष्ट प्रमाण सहित पेस गर्दा मन्त्रालय स्तरबाटै सकारात्मक कुरा आएपछि इआइए स्वीकृती भएको हो ।”

उहाँले औद्योगिक क्षेत्रमा पर्ने यहाँको राष्ट्रिय वनको क्षेत्र औद्योगिक क्षेत्र लिमिडेट बालाजुलाई भोगाधिकार दिन मन्त्रीपरिषद् निर्णय आवश्यक रहने बताउनुभयो ।

“सुरुमा नौ सय बिघामा गर्ने भनिएपनि धेरै वन क्षेत्र पर्ने भएकाले पछि २९३ बिघामा स्थापना गर्ने भनेर सो जग्गा कित्ताकाट गरेर सरकारको नाममा राखिएको छ ।” उहाँले भन्नुभयो–“उक्त जग्गा मन्त्रिपरिषद्को निर्णयबाट औद्योगिक क्षेत्र लिमिडेटलाई भोगाअिधकार र नाममा गर्नासाथ स्थापनाको काम सुरु हुन्छ । संघीयतापछि एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउने निर्णय सरकारको गरेपछि सरकारले सुदूरपश्चिम प्रदेशमा दैजिछेला औद्योगिक छेत्रलाई अगाडि बढाउने निर्णय समेत गरेको थियो ।

उहाँले उद्योग मन्त्रालयसँग औद्योगिक क्षेत्र स्थापनाको उद्घाटनको मिति तय गर्ने विषयमा समेत छलफल चलिरहेको बताउनुभयो । “यो झण्डै साढे रु ६ अरबको प्रोजेक्ट भएको हो ।” उहाँले भन्नुभयो,“यसको स्थापनाले सुदूरपश्चिमको विकासमा ठुलो सहयोग पुग्नेछ ।”

 औद्योगिक क्षेत्र निर्माण हुने खबरले स्थानीय  निकै उत्साहित भएका छन् ।  स्थानीय बलबहादुर विष्टले औद्योगिक क्षेत्र स्थापना पछि गाउँघरमै रोजगारी सृजना हुनेमा आफूहरु आशावादी रहेको बताउनुभयो । “कोरोनाले बाह्य रोजगारी समेत खोसेको अवस्थामा बेरोजगारी समस्या विकराल बन्दैछ ।” उहाँले भन्नुभयो–“चाँडो औद्योगिक क्षेत्र स्थापनाको कामलाई अगाडी बढाउनु आवश्यक छ ।”

उहाँले गाउँबस्तीमै औद्योगिक क्षेत्र स्थापना भए युपा पुस्तालाई रोजगारीका लागि बाहिरिनु पर्ने बाध्यता हट्नेमा आशावादी रहेको जानकारी दिनुभयो ।त्यसैगरी दैजिका अर्का स्थानीय रमेश ओखेडाले भने औद्योगिक क्षेत्र स्थापना भए स्थानीय युवाहरुले रोजगारीका लागि प्राथमिकता पाउनुपर्ने माग गर्नुभयो । “औद्योगिक क्षेत्रमा काम गर्न पाए परिवारमै स्मृद्धि आउने थियो भन्ने पछि आशा हो ।” उहाँले भन्नुभयो,“हामी कहिलेसम्म विदेशिएर परिवार पाल्ने?” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन