पढ्न करिब 1 मिनेट लाग्छ

साउन १२, सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले तीनसय श्ययाको अस्पताल सञ्चालनका लागि अनुमति पाएको छ ।

स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा सञ्चालन निर्देशिका, २०७० (पहिलो संशोधन २०७१) बमोजिम मन्त्रिस्तरीय निर्णयबाट अस्पताललाई सञ्चालनको अनुमति दिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।

अस्पताल परिसरमा आज पत्रकारसम्मेलनको आयोजना गर्दै निर्देशक प्रसार्इंले पूर्वमै पहिलोपटक नीजि क्षेत्रमा बी एन्ड सीले यति धेरै श्ययाको अस्पतालको स्वीकृति पाएको दाबी गर्नुभयो ।

विसं २०७१ फागुन १८ गते उद्घाटन भई सोही वर्ष चैत ८ गतेदेखि सेवा प्रारम्भ गरेको अस्पतालले सरकारले तोकेका भवन संहितालगायतका प्राविधिक मापदण्ड पूरा गरेको पनि दाबी गरिएको छ । रासस

(तश्विर स्रोत: गुगल)