२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी करिडोर : १३ ठाउँमा पुल निर्माण शुरु

२०७७, १६ भाद्र मंगलवार ०४:३४

भदौ १६, जाजरकोट । लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ । यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम शुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पिप्लेखोला, छर्रेखोला,  नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो ।

त्यस्तै सोमबार डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमख भट्टको भनाइ छ । रु सात करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्षभित्र निर्माणकार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले भन्नुभयो । त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुई पुल निर्माणका लागि बोलपत्र आह्वानको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माणकार्य शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पक्की पुलको काम शुरु भइरहेको छ ।

यहाँका पुल, पुलेसाहरु निर्माण चरणमा पुग्दा जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारण खुशी भएका छन् । यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो । पुल पुलेसा नहुँदा जोखिमपूण यात्रा गर्न बाध्य भएका र ठाउँठाउँमा यातायातका साधन बदल्ने समस्याको मारमा परेका सर्वसाधारणहरु वर्ष दिनभित्र पुल निर्माण हुने खबरले खुशी भएको नलगाड नगरपालिका–१२ का बुद्धिबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “दश ठाउँमा गाडी फेर्दा र चर्को भाडाका कारण हामी समस्यामा थियौँ, अब राहत मिल्ने खबर सुनेको छु । निकै खुशी लागेको छ ।”  पुल निर्माण कार्यसँगै जाजरकोट–डोल्पा सडकखण्डमा कालोपत्रको कामले समेत गति पाएको छ । 

अहिले पासागाडबाट रिम्नासम्मको सडकमा कालेपत्रको काम चालु अवस्थामा छ । यो सम्पन्न हुनेबित्तिकै अगाडि कालोपत्रको काम शुरु हुने प्रमुख भट्टले जानकारी दिनुभयो । नलगाड जलविद्युत् आयोजना निर्माणदेखि डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने अवसर र चुनौती दुवै रहेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछि परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । गाउँ, समाज समृद्ध नभई हामी समृद्ध नहुने निश्चित छ । जनताको विकासप्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ ।”

अहिले पुल नहुँदा १३ ठाउँमा सवारी साधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता छ । तुइनमा राखेर यातायातका साधनहरु भेरी नदीमा वारपार गरिँदै आएको छ । आवश्यकताका आधारमा मात्र बजेट खर्च गर्ने मान्यताका आधारमा काम भएको डिभिजन प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । 

सडक हस्तान्तरणपछि पुल निर्माण शुरु 

भेरी करिडोरभित्रको जाजरकोट–डोल्पा सडकखण्ड एक पर्यटकीय मार्ग पनि हो । यही सडकले चीनसँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । नेपाली सेनाले झण्डै १० वर्षभन्दा बढी समय लगाएर ‘ट्र्याकओपन’ गरेको यो सडक अघिल्लो वर्षमात्र सरकारलाई हस्तान्तरण गरिएको थियो ।

एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडकखण्डभित्र नलगाड जलविद्युत् आयोजना (११७ मेगावाट) र जगदुल्ला जलविद्युत् आयोजना (१०६), ताँसुगाड जलविद्युत् आयोजना (४.५ मेगावाट) र भेरी ए, बी, सी आयोजना निर्माणमा सहजता हुनेछ । त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डमा ३३ केभी विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ । चार सय केभी प्रसारण लाइनको सवस्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला