2026-09-12 09:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनता खाद्य सङ्कटमा जहाज मदिरा ढुवानीमा

भदौ १७, मार्तडी । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ । कोराना सङ्कटको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाएको भएपनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्ला मदिरा ढुवानी भइरहेको छ । 

कोल्टी विमानस्थलमा दैनिक सात वटा जहाजले उडान भर्ने गरेका छन् । तीमध्ये तीन/चार उडानमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडड्यन कार्यालयका निमित्त प्रमुख प्रसाद पौडेलले बताउनुभयो । सङ्कटको यो बेलामा मदिरा नआउनुपर्ने हो तर, नेपालगञ्ज सुर्खेतबाट जहाज चार्टर गरेर मदिरा आउने गरेको उहाँको भनाइ छ । 

प्रतिकेजी रु ७५ देखि एक सयसम्म तिरेर व्यापारीले जहाजमार्फत मदिरालगायत चाउचाउ, विस्कुट ढुवानी गरेर बाजुराको कोल्टीमा ल्याउने गरेको समिट एयरका कोल्टी स्टेशन प्रमुख विनोदकुमार सिंहले बताउनुभयो । नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चार्टर गरेर मदिरा आउने गरेको छ ।

यहाँ आएको मदिरालगायतका सामग्री विशेषगरी पूर्वीउत्तरी भेगको चार वटा स्थानीय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाको स्थानीय बजारमा जाने गरेको उहाँले बताउनुभयो । कोल्टी बजारमा मदिरा पसल गरिरहेका मङ्गल थापाले गाडीबाट मदिरा ल्याउन बाटो विग्रेको हुँदा त्यो सम्भव नभएपछि आफूहरुले जहाजबाटै मदिरा ढुवानी गर्ने गरेको बताउनुभयो । 

यहाँका स्थानीय बजारमा खाद्यन्न अभाव रहेको लामो समय भएपनि समयमा चामल ढुवानी हुन सकिरहेको छैन । मदिरा भने जताततै पाइने गरेको बुढीनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताउनुभयो । नगरपालिकाले पटक–पटक मदिरा जहाजमा नल्याउन भनेको भएपनि निजी जहाजले नेपालगञ्ज सुर्खेतबाट मदिरा ल्याउने गरेको उहाँको भनाइ छ । यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदा पनि अहिलेसम्म मदिरा ढुवानी नरोकिएको उहाँको भनाइ छ ।

नागरिक उडड्यन कार्यालय कोल्टीका अनुसार एक महिनामा यहाँ एक सय ६० उडान भएका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी उडानमा मदिरा नै ढुवानी भएको कार्यालयले जनाएको छ । ती उडानबाट ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको र तीमध्ये धेरै मदिरा रहेको कार्यालयको दाबी छ । 

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले मदिरा ढुवानीलाई निरुत्साहित गर्न बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन