साउन १२, पाल्पा । जिल्लामा आव २०७२/७३ मा रु ४० करोड रकम फ्रिज भएको छ ।

फ्रिज भएको रकम जिल्लाको कुल बजेटको १६ दशमलव १ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु २७ करोड ४० लाख ७७ हजार र चालुतर्फ रु १२ करोड ६२ लाख ३ हजार फिर्ता भएको हो । रु एक अर्ब ७० करोड २२ लाख ८ हजार मध्ये ८३ दशमलव ९० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

पुँजीगततर्फ रु एक अर्ब ४२ करोड ८१ लाख ३० हजार खर्च भएको छ । जिल्लाबाट चालुतर्फ ९५ दशमलव ६५ प्रतिशत खर्च भएको कार्यालय प्रमुख शिवप्रसाद पन्थीले जानकारी दिनुभयो । पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नम्बर ३ ले पुँजीगत खर्चका लागि प्राप्त रु ५८ करोड ३२ लाखमध्ये रु ४६ करोड ९६ लाख चार हजार मात्र खर्च गरेको छ । सबैभन्दा बढी सडकको रु ११ करोड ३५ लाख ९५ हजार फिर्ता भएको छ ।

त्यस्तै उत्तर दक्षिण लोकमार्ग तथा कालीगण्डकी करिडोरको रु ३१ करोड ६२ लाख ९६ हजार बजेट मध्ये रु २८ करोड ४९ लाख १४ हजार खर्च भएको छ । सहरी विकास तथा डिभिजन कार्यालयका लागि विनियोजित बजेट रु २३ करोड २९ लाख ५४ हजार मध्ये रु २१ करोड ४९ लाख ५४ हजार खर्च भएको छ ।

विकासे कार्यालयले तोकिएको समयमा जिम्मेवारीपूर्वक काम नगर्नु, समयमा टेण्डर आह्वान नगर्नुलगायत कारणले रकम फिर्ता भएको कोलेनिकाले जनाएको छ । आव २०७१÷७२ मा समेत जिल्लाबाट रु ४० करोड रकम फिर्ता भएको थियो । जिल्लामा रु तीन अर्ब ८९ करोड ३३ लाख ४७ हजार अख्तियारी आएकोमा रु तीन अर्ब ४८ करोड ७० लाख ३८ हजार खर्च भएको थियो । रासस

Related News