साउन १२, म्याग्दी । एक वर्षयता जिल्लामा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । 

जिल्लाको मल्कवाङ, मुदीको खिवाङ र रुमको पात्लेमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट ७३.५ किलोवाट विद्युत् उत्पादन भई ४४९ घरधुरी लाभान्वित भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, म्याग्दी । एक वर्षयता जिल्लामा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । 

जिल्लाको मल्कवाङ, मुदीको खिवाङ र रुमको पात्लेमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट ७३.५ किलोवाट विद्युत् उत्पादन भई ४४९ घरधुरी लाभान्वित भ"/>

2026-09-18 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण

साउन १२, म्याग्दी । एक वर्षयता जिल्लामा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । 

जिल्लाको मल्कवाङ, मुदीको खिवाङ र रुमको पात्लेमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट ७३.५ किलोवाट विद्युत् उत्पादन भई ४४९ घरधुरी लाभान्वित भएका छन् । परियोजना निर्माणका लागि दाता, स्थानीय निकाय र समुदायले रु चार करोड ८१ लख ६६ हजार लगानी गरेका छन् । 

रु दुई करोड २३ लाख ६५ हजारको लागतमा निर्माण भएको ४२ किलोवाट क्षमताको नन्दीवाङखोला परियोजनाबाट मल्कवाङ गाविसका १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरी लाभान्वित भएका छन् । मुदी गाविसको ६ र ७ नम्बर वडामा पर्ने खिवाङमा बेलायतको कल्याणकारी संस्था (कादुरी एग्रीकल्चर एण्ड एसोसियसन)को रु दुई करोड चार लाख ५९ हजार ७४६ सहयोगमा निर्माण भएको २० किलोवाट क्षमताको छहरीखोला परियोजनाबाट १२७ घरमा बिजुली बलेको छ । 

यस्तै रुम–७ मा रु ५३ लाख ४१ हजार लागतमा निर्माण भएको ११ दशमलव ५ किलोवाट क्षमताको छेरवाङ पात्लेखोला लघुजलविद्युत् परियोजनाबाट ११० घरधुरी लाभान्वित भएका छन् । रुम र मल्कवाङमा बिजुली बाल्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले क्षेत्रीय सेवा केन्द्र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत अनुदान र प्राविधिक सहयोग गरेको थियो । 

धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत कुइनेमङ्गले–१ मा २० किलोवाट क्षमताको मजुवा कुइनेखानी परियोजना निर्माणाधीन अवस्थामा छ । मुदी–९ मा १०.५ किलोवाटको रातोखोला बगर परियोजना निर्माण सुरु गर्ने तयारी भएको छ । 

शिखमा ३० किलोवाट क्षमताको घोस्तेखोर, ओखरबोटमा ३० किलोवाटको दिप्लीखोला र मुनामा २०० किलोवाटको दरखोला मिनी जलविद्युत् आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ । हाल निर्माणाधीन र सर्वेक्षण भएका सात वटा परियोजनाबाट ३०२.५ किलोवाट विद्युत् उत्पादन भई एक हजार ८१७ घरधुरी लाभान्वित हुने केन्द्रका सवइन्जिनियर दीपक थापाले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई