Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औद्योगिक ग्राम निर्माण तीव्र गतिमा

२०७७, १ आश्विन बिहीबार ०६:२५

विमलबहादुर विष्ट । असोज १, डोटी । कोरोना भाइरसको त्रास कायमै रहेका बेला जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा औद्योगिक ग्रामको निर्माण तिब्र गतिमा भइरहेको छ । विसं २०७६ साल माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यहाँको बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै अहिले उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण कार्य धमाधम भइरहेको हो । कूल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य शुरु भइरहेको छ । औद्योगिक ग्रामभित्र निर्माण गर्न सकिने उद्योगको अवस्थालाई मध्यनजर गर्दै अझै कम्तिमा पनि ५०० रोपनीसम्म जग्गा लिने तयारी भइरहेको छ ।

औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच गत वर्षको फागुन १६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने सरकारको उदेश्यअनुसार उक्त औद्योगिक ग्राम निर्माण गरिन लागेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रको दीगो विकासका लागि औधोगिक ग्राम निर्माण गर्दैछौँ, आसा छ सबैले रोजगारी तथा कमाउने अवसर पाउने छन् ।”

उक्त ग्राम निर्माणका लागि सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७६/२०७७ मा रु ९२ लाख  निकासा आएकोमा अहिलेसम्म रु ८३ लाख ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । उक्त रकमबाट औधोगिक ग्राम क्षेत्रमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायत संरचनाको निर्माणको काम भइरहेको छ । वहुवर्षीय योजना भएका कारण बाँकी काम आगामी वर्षमा हुने योजनाअनुसार काम तिब्ररुपमा अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिनुभयो । बुडरमा औद्योगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समयदेखि पहल गरेको थियो । गाउँपालिकाको पहलपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुडरमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रिपरिषदबाट स्वीकृत गराउनु भएको बुडर धारापानीका स्थानीय तुलाराम साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको पहल तथा मन्त्रीले स्वीकृत गराउँदा हाम्रो क्षेत्रमा औधोगिक ग्राम निर्माण हुँदै छ, सबैले रोजगारसहित यहाँको विकास हुनेमा हामी निकै खुशी छौँ ।”

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला प्रवेश गर्ने एकमात्र पहाडी प्रवेशद्वारको रुपमा रहेको बुडरस्थित धारापानीमा निर्माण हुँदै गरेको औद्योगिक ग्राम नमुनाको रुपमा विकास गरिने जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले बताउनुभयो । सो औद्योगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै छिमेकी जिल्ला डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिका तथा कैलालीको चुरे गाउँपालिकाका स्थानीय बासिन्दाहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

कोरोना त्रास कायमै रहेको भएपनि सामाजिक दूरीसहित कोरोना जोखिमबाट जोगिने विधि अपनायर यहाँका औधोगिक तथा विकास निर्माणका कार्य भने धमाधमरुपमा सञ्चालन भइरहेका छन् । विकास निर्माणका कार्यहरु सञ्चालन गर्न स्थानीय प्रशासनले कुनै अवारोध तथा आवश्यक सामग्री आयात गर्नमा रोक नलगाएका कारण यहाँका निर्माण हुन लागेका विकास निर्माणका काम निरन्तर अघि बढेका छन् । सडक, मोटर पुल निर्माणदेखि अन्य औधोगिक विकास निर्माणका कामहरु जिल्लामा निर्वाधरुपमा सञ्चालन हुन दिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कोरोनाको त्रास कायम रहेपनि हामीले कोरोनाबाट सचेतना अपनाउन निर्देशन दिँदै अनुगमन गर्दै विकास निर्माणका सामग्री ल्याउन र काम गर्न अवरोध गरेका छैनौँ, जसले गर्दा जिल्लामा विकास निर्माणका कामले तिब्रता पाएको छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै