२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो

४ आश्विन २०७७, आईतवार ०२:५२

असोज ४, बागलुङ | बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो । 

विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो । 

ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ । पुल ढलान गर्नका लागि सेटिङ गर्ने क्रममा गौदीखोलामा २०७३ असारमा आएको बाढीले निर्माण सामग्री बगाएको थियो ।

 फाउन्डेशनको पानी फाल्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएपछि पुल निर्माणमा ढिलाइ भएको नयाँबाटो, जुम्ली, आचार्य जेभीका आधिकारिक प्रतिनिधि कुमार खड्काले जानकारी दिनुभयो । “पुल निर्माण सम्पन्न भएको छ, हस्तान्तरण गर्न बाँकी नै छ”, खड्काले भन्नुभयो, “तीनपटक निर्माण गर्ने समयमा पुलका निर्माण सामग्री बगायो, एक श्रमिककै मृत्यु भयो, त्यसै कारणले ढिला भएको हो ।” पुल निर्माणसँगै गलकोट नगरपालिकाको केन्द्र मजुवाफाँट, हरिचौर र तारखोलालगायतका स्थानमा सिधा यातायात सेवा सञ्चालन हुने गलकोट नगरपालिका–३ हटियाका वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । ढिलै भए पनि पुल निर्माण सम्पन्न भएको छ तर पुलको दाँयाबाँयाको खोलामा तटबन्ध लगाउन आवश्यक रहेको भण्डारीको भनाइ छ । 

बस्ती नजिकै खोला भएका कारण पुल र बस्तीको सुरक्षाका लागि तटबन्ध गर्नुपर्ने उहाँको भनाइ छ । पुल निर्माणकर्ता डिभिजन सडक कार्यालयले पुल हस्तान्तरण गर्न बाँकी रहेको बताएको छ । पुलको आसपासमा ग्याविनको काम बाँकी रहेको र त्यो काम सम्पन्न हुनासाथ पुल जिम्मामा आउने डिभिजन सडक कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । “पुल बनेर सवारी गुड्ने भइसकेको छ, तर पुलको सुरक्षाका लागि खोलामा ग्याविन लगाउन बाँकी छ”, लम्सालले भन्नुभयो, “तीनपटक म्याद थपेर मात्रै पुल निर्माण भएको छ ।”

पुल आरसिसी मात्रै नभएर प्रि–स्टेटेस प्रविधिको भएको कार्यालयको भनाइ छ । पुलको बिममा रडको प्रयोग नगरी केबलको प्रयोग गरिएको कार्यालय प्रमुख लम्सालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने