2026-09-12 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा पाँच वर्षदेखि पक्की पुल अलपत्र

असोज ४, डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ ।

रु दुई करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग विसं २०७२ मा सम्झौता भएको थियो तर सम्झौता भएको पाँच वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ । पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भएको छ तर खोलाका दुवैपट्टि अपुरा पिलर राखेर पुल अलपत्र अवस्थामा छ ।

बर्सातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहरदोहर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गर्दा जोखिमपूर्णरूपमा खोला वारपार गर्नुपरेको छ ।” समयमै पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको र पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताउनुभयो ।

काम सम्पन्न गर्नका लागि छ महिनाको म्याद थप भएकाले यो अवधि सकिँदा पनि काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कारवाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । यता पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले स्टिमेट रिभाइज भएकाले काममा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । निर्माण व्यवसायी गुरुङले तत्काल काम शुरु गरी सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा काम सम्पन्न हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन